logo

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

 इसीमाना सम्बाददाता     २०८२ मंसिर १२ गते ०८: ५७ मा प्रकाशित     349   पटक पढिएको

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

 

स्याङ्बो करिब तीन दशकदेखि अंग्रेजी विषयको अध्यापन गर्दै आएका छन्। उनका जेठा छोरा छिरिङ स्याङ्बो एमबिबिएस अध्ययन सकेर थप अध्ययनका लागि बेलायत जाने तयारीमा छन्। माइलो छोरा विश्वजीत स्याङ्बो भैरहवामा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत छन्।

 

यस्तै, चिकित्सा शिक्षा आयोगको पछिल्लो नतिजामा समावेशी कोटाबाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै कान्छा छोरा अर्जुन स्याङ्बोले पनि डाक्टर अध्ययन गर्ने निश्चित भएको छ।

 

सामान्य आर्थिक पृष्ठभूमि भएकाले छोराहरूको पढाइका क्रममा समस्याहरु भोग्नुपरेको प्रधानाध्यापक स्याङ्बोले बताए। उनका अनुसार, तलबले नपुग्ने भएपछि कहिले बाख्रा र कुखुरा बेचेर, कहिले ऋण लिएर पनि छोराहरूको अध्ययन खर्च जुटाउनुपरेको थियो।

 

तीनै छोराले कक्षा १२ सम्मको अध्ययन सामुदायिक विद्यालयमै गरेका हुन्। मेहनत, मार्गदर्शन र नियमितताले सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि उत्कृष्ट नतिजा दिन सक्षम हुने उदाहरणका रूपमा स्याङ्बो परिवारलाई स्थानीयहरूले व्याख्या गरेका छन्।

 

अवसर, मार्गदर्शन र परिश्रम हो भने सामुदायिक विद्यालयका विद्यार्थीहरूले पनि असम्भवलाई सम्भव बनाउन सक्छन्।

 

स्याङ्बो परिवार अहिले समुदायभरि ‘शिक्षा, अनुशासन र अभिभावकीय समर्पण’ को जिवन्त उदाहरण बनेको छ। स्याङ्बो परिवार ठोरीको गौरव, त हो नै  देशकै प्रेरणा बनेको छ ।

दलबहादुर स्याङ्बोको अथक समर्पण र तीनै छोराको अविश्वसनीय मेहनतले ठोरीभरि एउटा नयाँ पहिचान दिएको छ ,“सपना पुरा गर्न धन होइन, दृढ इच्छाशक्ति चाहिन्छ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.