वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं. ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।
गत वर्षको एसईई परिक्षामा नेपाल राष्ट्रि माध्यामिक बिद्यालय निचुटाका छात्र शाहिद आलमले ३.५७ जीपिए र छात्रा सोनी कुमारले ३.३९ जीपिए उत्कृष्ट अंक हासिल गरेका थिए।
यसअघि वडाध्यक्ष विपिन मुखियाले उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप ल्यापटप पुरस्कार वितरण गर्ने घोषणा गरेका थिए। उनले वडा भरिबाट उत्कृष्ट अंक ल्याउने छात्र र छात्रा गरि दुईजनालाई ल्याउटप पुरस्कार दिने घोषणा गरेका थिए ।

विद्यार्थीहरू हाल काठमाडौँमा अध्ययनरत भएकाले उनीहरू स्वयं उपस्थित हुन नसकेपछि वडाले अभिभावकमार्फत ल्यापटप वितरण गरेको वडाध्यक्ष मुखियाले जानकारी दिए।
पुरस्कार वितरण कार्यक्रममा वडा कार्यलयका प्रतिनिधि, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
वडा–५ले उत्कृष्ट एसईई नतिजा ल्याउने विद्यार्थीलाई दिएको ल्यापटप पुरस्कारले विद्यार्थीहरूमा ठूलो उत्साह र प्रेरणा सिर्जना गरेको छ। यस्तो सम्मानले मेहनत गर्ने संस्कार बलियो बनाउने मात्र होइन, अन्य विद्यार्थीलाई पनि अध्ययनमा अझ लगनशील बन्न प्रेरित गर्ने बिश्वास वडाध्यक्ष मुखियाको छ ।
तपाईको प्रतिक्रिया