सिमरा । सिमरा खानेपानीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा युवराज न्यौपाने नेतृत्वको प्यानल बिजयी भएको छ । अन्तिम मतरिणाम अनुसार चरा चुनाव चिन्हका सबै उम्मेदवार फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा न्यौपानेले २ सय ९ मतको अग्रतासहित जित हात पारे । उनले १ हजार १ सय १६ मत प्राप्त गर्दा गुलाबको फुल चुनाव चिन्हका प्रकाश खुलालले ९ सय ७ मत पाए ।
यसैगरी चश्मा चुनाव चिन्हका पूर्णचन्द्र तिमिल्सिनाले ५ सय ९१, घर चुनाव चिन्हका शशी गौतमले २ सय ३३ र खुल्ला किताब चुनाव चिन्हका राजकुमार भट्टराईले २ सय १५ मत पाए ।
उपाध्यक्ष पदमा चराका हरिप्रसाद सिंखडा सर्वाधिक १ हजार १ सय ८७ मत प्राप्त गर्दै बिजयी भए । उनका निकटतम प्रतिद्वन्दी गुलाबको फुलकी मिठुमाया थिङ्ले ७ सय ८४ मत पाइन् ।
चश्मा चुनाव चिन्हका झंकनाथ लामिछानेले ५ सय ९५ मत पाए । घर चुनाव चिन्हकी निर्मला केसीले २ सय ८९ मत पाइन् ।
सचिव पदमा चराका अमृत बस्याल १ हजार १ सय ७८ मतसहित बिजयी भए । उनको प्रतिद्वन्दी गुलाबको फुलकी सरस्वती अधिकारीले ७ सय ५४, चश्माका लोकराज पौडेलले ५ सय २५, खुल्ला किताबका राजेन्द्रकुमार सुवेदीले २ सय ६१ र घरका मुस्तफा अंसारीले २ सय २५ मत
पाए ।
तपाईको प्रतिक्रिया