logo

निचुटामा जेहेन्दार ३० विद्यार्थीलाई झोला वितरण, वडाध्यक्ष मुखियाले गरे प्रेरणादायी घोषणा

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ५ गते ०७: ०४ मा प्रकाशित     1049   पटक पढिएको

पर्सा । पटेर्वा सुगौली गाउँपालिका–५ निचुटास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ३० जेहन्दार बिद्यार्थीलाई झोला उपलब्ध गराइएको छ ।

 

  विद्यालयमा अध्ययनरत अति विपन्न तथा मेहनेती विद्यार्थीहरूले नयाँ शैक्षिक सत्रमा  झोला प्राप्त गरेका हुन । 

 

गाउँपालिकाको  वडा नं.५ को सहयोग र विद्यालयको आयोजनामा कक्षा ६ देखि १० सम्मका ३० जना विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो। 

 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष विपिन मुखियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मधुकान्त चौधरी, शिक्षक श्याम घिमिरे, अन्य शिक्षक–शिक्षिका तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

 

वडाध्यक्ष एवं बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिपिन मुखियाले विपन्न परिवारका बालबालिकालाई विद्यालय आउन प्रेरित गर्न, उनीहरूको किताब–कापी सुरक्षित राख्न र आर्थिक भार हल्का बनाउने उद्देश्यले सहयोग गरिएको बताए ।  सानो सहयोगले बालबालिकाको आत्मविश्वास बढ्ने उनले बिश्वास ब्यक्त गरे । 


उनले अब वडाभित्रका सामुदायिक विद्यालयहरूले परीक्षामा उत्कृष्ट नतिजा ल्याए, वडाबाट पुरस्कार र प्रशंसापत्र प्रदान गरिने बताए  । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.