logo

पर्सागढीको कटानीमा निःशुल्क आँखा शिविर सम्पन्न, दर्जनौँले पाए उपचार सेवा

 इसीमाना सम्बाददाता     २०८२ मंसिर ५ गते ०४: २३ मा प्रकाशित     535   पटक पढिएको

वीरगञ्ज । पर्सागढी सहिद स्मृति प्रतिष्ठान, पर्सागढी–२ कटानी र वीरगंज सामुदायिक आँखा केन्द्रको संयुक्त पहलमा पर्सागढी नगरपालिका–२ कटानीमा निशुल्क नेत्र शिविर सम्पन्न भएको छ ।

 

 

 निःशुल्क आँखा शिविर मार्फत  स्थानीय बासिन्दालाई समुदायमै पुगेर आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजित शिविरमा सर्वसाधारणले परीक्षण, परामर्श तथा औषधि सेवा पाएका छन्।

May be an image of one or more people, people studying, people smiling and table

शिविरको उद्घाटन ८५ वर्षीय जेष्ठ नागरिक बलबहादुर आचार्यको आँखा परीक्षण र स्वास्थ्य जाँचबाट गरिएको थियो। शिविरमा दृष्टि परीक्षणदेखि आवश्यक परामर्श र उपचारका औषधि वितरणसम्मका सेवा प्रदान गरियो।

 

 जटिल अवस्थामा वरिष्ठ सर्जनहरूको टोलीमार्फत शल्यक्रिया गर्ने व्यवस्था पनि गरिएको आयोजकहरूले बताए।

 

वीरगंज सामुदायिक आँखा केन्द्रका मेडिकल संयोजक महेश सिंह धामीसहित ५ सदस्यीय प्राविधिक चिकित्सक टोलीले शिविर सञ्चालन गरेका थिए। शिविरमार्फत समुदायमै सहज र गुणस्तरीय आँखा सेवा प्राप्त भएपछि स्थानीयहरू खुशी भएका छन्।

 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सल्लाहकार अमिताभ बच्चन दास, रमेश मानन्धर, सुनिल रौनियारलगायतको उपस्थिति थियो। स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त शिविरबाट धेरै नागरिक प्रत्यक्ष लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.