वीरगंज । राप्रपा नेपालका केन्द्रीय सदस्य तथा वीरगंजका पूर्व मेयर प्रदीप सुबेदीले आफूले पार्टी परित्याग नगरेको बताएका छन ।
उनले सामाजिक संजालमा स्टाटस लेख्दै यस्तो जानकारी दिएका हुन । उनले पार्टी परित्याग गरि रप्रपामा प्रवेश गरेको भन्दै संचार माध्यम र सामाजिक संजालमा प्रचारित गरिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन ।
फेसबुकमा सुवेदीले लेखेका छन आफ्नो अभिन्न मित्र माननीय दीपक बहादुर सिंहसँग भेट्न पुगेको थिए। बैठकमा सल्लाह सुझाव दिन आग्रह गरिएको थियो र सोही क्रममा मलाई खादा लगाएर स्वागत गरिएको थियो ।
त्यही कुरालाई आधारमा बनाएर पार्टी प्रवेश गरेको भनी गरिएको प्रचार निरनधार रहेको बताएछन । उनले निराधार प्रचार गरी चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै त्यसबाट आफू प्रभावित नहुने स्पष्ट पारेका छन्।
सुबेदीले आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भनेका छन्, “म राप्रपा नेपालको प्रतिबद्ध कार्यकर्ता हुँ र आगामी दिनमा पनि पार्टी र संगठनको हितमा काम गर्नेछु।”
उनको यस पोस्टले सामाजिक सञ्जालमा व्यापक चर्चा र विभिन्न प्रतिक्रिया सिर्जना गरेको छ।
तपाईको प्रतिक्रिया