logo

पत्रकार माथिको आक्रमण प्रकरण,महासंघको मिशन टोली जनकपुरमा

 इसीमाना सम्वाददाता     २०८२ सावन २९ गते ०७: २८ मा प्रकाशित     1001   पटक पढिएको

जनकपुरधाम । पत्रकारहरूमाथि भएको आक्रमणको छानबिन गर्न नेपाल पत्रकार महासङ्घको केन्द्रीय टोली जनकपुर आइपुगेको छ।

 

नेपाल बार एशोसिएसन, जनकपुरका केही वकिलहरूको समूहले पत्रकारहरूमाथि गरेको सांघातिक आक्रमणको घटनाबारे तथ्य संकलन गर्न र वर्तमान अवस्था बुझ्न यो टोली जनकपुर आएको हो।

 

महासङ्घका  लेखा संयोजक के.सी.लामिछानेको नेतृत्वमा आएको यो तीन सदस्यीय टोलीमा केन्द्रीय सदस्य राजेश कुमार कर्ण र राजु विश्वकर्मा पनि छन्। 

 

यो टोलीले घटनाका दुवै पक्षका मानिसहरूसँग कुराकानी गर्नेछ। साथै, स्थानीय प्रशासन, प्रादेशिक अस्पतालका चिकित्सक र अन्य सरोकारवालाहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

 

छानबिन र छलफलपछि महासङ्घले घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी उपचार खोज्ने र अन्य आवश्यक निर्णयहरू लिने तयारी गरेको छ।

 

यो घटना नेपाल बार एशोसिएसन जनकपुर र नेपाल पत्रकार महासङ्घबीचको जग्गा विवादबाट सुरु भएको हो। पत्रकार महासङ्घले गुठी संस्थानको केन्द्रीय कार्यालयसँगको सम्झौताअनुसार पाएको जग्गालाई बार एशोसिएसनले पार्किङको रूपमा प्रयोग गर्न जग्गालाई कब्जा गर्दै हत्याउन खोजेका थिए । बारले सो सम्झौता खारेजीका लागि अदालतमा मुद्दा पनि दायर गरेको थियो।

 

यही विवादित जग्गामा पत्रकार सम्मेलन गरेपछि बार एशोसिएसनका वकिलहरूको समूहले पत्रकारहरूमाथि आक्रमण गरेका थिए ।

 

वकिलहरूले जग्गा आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै तारले घेरा हाल्न खोज्दा झडप भएको थियो। उक्त घटनामा ६ जनाभन्दा बढी पत्रकारहरू घाइते भएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.