logo

वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सिंह र गायन पुरस्कारबाट देव सम्मानीत

 इसीमाना सम्बाददाता     २०८२ सावन १६ गते ०९: २८ मा प्रकाशित     369   पटक पढिएको

राजविराज । दशौं वैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८२ बाट वरिष्ठ अधिवक्ता हिम्मत सिंह सम्मानित भएका छन् ।

 

 

 मानवअधिकार योद्धा स्व. प्रकाश काफ्लेको ३३औं स्मृति दिवसको अवसरमा वैद्य–प्रकाश मानव अधिकार कोष, सप्तरीद्वारा राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रमका वीच नगद ११ हजारसहित सिंह सम्मानित भएका हुन् ।

सप्तरीलाई आफ्नो कार्यक्षेत्र बनाई करिब पाँच दशकदेखि वकालत पेशामा सक्रिय रहेका  सिंहलाई कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा तथा अन्य अतिथिहरूले संयुक्त रूपमा नगद ११ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।


८४ वर्षीय सिंह विद्यार्थी आन्दोलन हुँदै कानुन व्यवसाय तथा मानव अधिकार क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

May be an image of 13 people, people smiling and temple

उनले वि.सं. २०२६ सालदेखि सर्वोच्च अदालतमा वकालत सुरु गरेका थिए  भने २०४२ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थियो। हाल पनि उनी मानव अधिकार तथा प्रजातान्त्रिक मूल्यहरूको संरक्षणमा सक्रिय रहेका छन् ।


यसै अवसरमा “छैठौं उर्मिला देवी गीत गायन पुरस्कार–२०८२” बाट मैथिली महिला परिषद्का सदस्य रूपा देवलाई सम्मानित गरिएको छ।

 

उनलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका वरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवाली लगायतले प्रमाणपत्रसहित नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरी सम्मानित गरे ।


प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नो भाइबुहारी स्व. उर्मिला देवी झाको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारबाट विगत ६ वर्षदेखि मैथिली गीत गायनमा उत्कृष्ट महिलालाई सम्मान गर्दै आएका छन् ।


पुरस्कारका संस्थापक बैद्यनाथ झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशसभा सदस्य माला कर्ण, न्यायाधीश बामदेव ज्ञवाली, इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल,  कोशी प्रदेश संयोजक मनोहर पोखरेल,प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

मानवसेवा आश्रमको पहल , वीरगञ्जमा एक अज्ञात पुरुषको उद्धार

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट एक पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार उद्धार गरेको छ।

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.