logo

कार्य सम्पादन मूल्याकंनमा मधेश भरिमा गौतम मिश्र नेतृत्वको पर्सा प्रहरी सर्वोत्कृष्ट

 इसीमाना सम्वाददाता     २०८२ सावन १२ गते ०६: ३२ मा प्रकाशित     507   पटक पढिएको

जनकपुरधाम । पर्साका प्रहरी उपरिक्षक गौतम मिश्र मधेश प्रदेशमै कार्य सम्पाद मूल्याकंनमा सर्वोत्कृष्ट हुन सफल भएका छन । 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर कार्यालयले गरेको कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको हो ।

 

यो सफलताको श्रेय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वदायी भूमिकालाई दिइएको छ, जसले आफू हाजिर भएदेखि नै विभिन्न अभियान चलाएर पर्सामा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको   मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले जनाएका छन ।

 

प्रहरी उपरीक्षक गौतम मिश्रको कमान्डमा पर्सा प्रहरीले ४० वटा बुँदामा केन्द्रित रहेर गरेको कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंकका साथ पहिलो भएको हो। यो अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी तस्करी र भन्सार छलीका सामान नियन्त्रण गरी कारबाहीका लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको छ।

 

फरार प्रतिवादी पक्राउमा पनि पर्सा प्रहरीले उल्लेख्य सफलता पाएको छ। विभिन्न अदालतबाट फैसला भई फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादीलाई पक्राउ गरिएको छ।

 

यसबाट फैसला कार्यान्वयनतर्फ ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९ सय ५६ रुपैयाँ जरिवाना असुल उपर भएको छ।

लागुऔषध नियन्त्रणमा पनि पर्सा प्रहरीले कीर्तिमानी काम गरेको छ। ठूलो परिमाणमा ३ सय १९ केजी चरेससहित ट्रक र अभियुक्त पक्राउ परेका छन् भने कुल ६ सय २४ केजी चरेस, १,हजार ५ सय ६१ केजी गाँजा, १ केजी ५ सय ९० ग्राम अफिम लगायतका विभिन्न लागुऔषधसहित १५३ जना कारोबारी पक्राउ परेका छन्।

 

मानव बेचबिखन विरुद्ध पनि जिल्ला प्रहरी कार्यालयले कडा रूपमा प्रस्तुत भई १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कारबाही गरेको छ। कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा संलग्न प्रतिवादी पक्राउ तथा सफल अनुसन्धानमा पनि पर्सा प्रहरी अब्बल देखिएको छ।

 

प्रहरी उपरीक्षक मिश्रले कार्यालयको भौतिक संरचनालाई व्यवस्थित र सौन्दर्यीकरण गरी प्रहरीको मनोबल उच्च राख्न विभिन्न गतिविधि सञ्चालन गरेका छन्। धार्मिक सद्भाव कायम राख्न पनि उनको भूमिका प्रशंसनीय छ। हनुमान जयन्ती, गहवामाई रथ यात्रा तथा मुस्लिम समुदायका मोहरम जस्ता पर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै खलबल आउन नदिई उनले सक्षम कमान्डरको उदाहरण प्रस्तुत गरेका छन्।

२०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन सम्झौता र मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक विजेता बन्न सफल भएको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.