logo

माहेश्वरी समाजको योगदान ,पीडितलाई निःशुल्क कृत्रिम खुट्टा प्रदान

 इसीमाना सम्वाददाता     २०८२ सावन ११ गते ०४: ५९ मा प्रकाशित     445   पटक पढिएको

वीरगन्ज । माहेश्वरी समाज वीरगन्जका अध्यक्ष प्रकाश बाहेतीको पहल र आर्थिक सहयोगमा पर्सा जिल्लाकी एक अपाङ्गता भएकी महिलाले निःशुल्क कृत्रिम खुट्टा पाएकी छन्।

 

यो मानवीय कार्य रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरमार्फत सम्पन्न भएको हो। यस सेवामूलक कार्यमा रोटरी क्लब वीरगन्जले सह–आयोजक तथा स्थानीय संयोजकको भूमिका निर्वाह गरेको छ।

 

रोटरी क्लब वीरगन्जका अध्यक्ष रोटेरियन गोपाल खेतानका अनुसार यस अभियानले अपाङ्गता भएका व्यक्तिहरूलाई नयाँ जीवन प्रदान गर्दै आएको छ।

 

उनले क्लब सदैव समाजसेवामा समर्पित रहेको र भविष्यमा यस अभियानलाई अझ व्यापक बनाउने योजना रहेको बताए।

 

माहेश्वरी समाज वीरगन्जको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो पहलले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।

 

कार्यक्रममा माहेश्वरी समाजका सदस्य तथा पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

 

रोटरी क्लब वीरगन्जद्वारा सञ्चालित यो कृत्रिम खुट्टा वितरण अभियानबाट हालसम्म सयौं व्यक्ति लाभान्वित भइसकेका छन्। एकवटा कृत्रिम खुट्टा प्रत्यारोपणमा औसत १६,५०० रुपैयाँ खर्च हुने जानकारी गराइएको छ।

 

क्लबका सचिव रोटेरियन राकेश मिश्रले रोटरी क्लब वीरगन्जको यस प्रयासले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा आशाको संचार भएकोमा त्यसले  सम्मानजनक जीवनका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.