logo

दुर्घटनामा परि ज्यानगुमाउने नागरिकका परिवारलाई १० लाख क्षतीपूर्ती पाउने ब्यवस्था मिलाएका छौः मन्त्री जयसवाल

 इसीमाना सम्वाददाता     २०८२ सावन १० गते ०५: ४४ मा प्रकाशित     727   पटक पढिएको

वीरगंज । मधेश प्रदेश सरकारका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले आम नागरिककालागि बिमाको ब्यवस्था गरेको बताएका छन । 

 

वीरगन्जमा शनिबार आयोजित जेष्ठ नागरिक महासंघ मधेस प्रदेशको पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री जैशवालले  यस्तो जानकारी दिएका हुन ।

 

उनले ,  प्रदेशका नागरिकको दैवी प्रकोप वा दुर्घटनामा परी मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरि व्यवस्था मिलाएको बताएका हुन । 

 मन्त्री जयसवालले मधेस प्रदेशका बासिन्दा नेपाल तथा भारतको कुनै पनि कुनामा दैवी प्रकोप वा दुर्घटनामा मृत्यु भए उनका आश्रित परिवारलाई राहत स्वरूप १० लाख रुपैयाँ बीमा मार्फत पाउने व्यवस्था गरिएको जानकारी दिएका हुन । 

 

प्रदेश सरकारले दैवी प्रकोपबाट नागरिकको घरमा क्षति भएको खण्डमा प्रदेश सरकारको सिफारिसमा ५० हजारदेखि ५ लाख २० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने व्यवस्था गरेको पनि उनले बताए ।

 

प्रदेशका नागरिकको घरमा पुगेको क्षतिको मूल्याङ्कन गरी सरकारले सिफारिस गर्ने र बीमा कम्पनीले नागरिकलाई राहत स्वरूप क्षति रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्री जयसवालले जानकारी दिए। 

 

प्रदेश सरकार जेष्ठ नागरिकलाई थप सेवा सुविधा प्रदान गर्ने योजनामा काम गरिरहेको जानकारी दिँदै प्रदेश सरकारले पहिलो पटक चालु आर्थिक वर्षको बजेटमै जेष्ठ नागरिक महासंघका विभिन्न जिल्ला शाखासँग कार्यक्रमको माग गरी बजेट विनियोजन गरेको बताए ।

 

उनले जेष्ठ नागरिक राष्ट्रको गहना मात्र नभई अनुभवका खानी समेत भएकाले उनका लागि बासको व्यवस्था गर्न प्रदेश सरकारले चालु आवको बजेटमा वृद्धाश्रम भवन निर्माण गर्न २५ लाख रुपैयाँ विनियोजन गरेको बताउँदै  वश्यकताअनुसार उक्त रकमलाई बढाउँदै लैजाने स्पष्ट पार्नुभयो।

जेष्ठ नागरिकसँग रहेको लामो अनुभवलाई समेत प्रदेश सरकारले उपयोग गर्ने सोचमा रहेकाले समाज कल्याण मन्त्रालयले प्रकाशित गर्न लागेको पुस्तकमा जेष्ठ नागरिक महासंघसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जेष्ठ नागरिक महासंघ मधेस प्रदेशका संयोजक जगदीश शर्माको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी .लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, नेपाल रेडक्रस पर्साका अध्यक्ष बृकिशोर पटेल, जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य रमेश कुमार दत्त, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष एवम् महासंघ पर्साका सचिव विजय चौहान, समाजसेवी नेजामुदिन समानी, मध्य नेपाल साप्ताहिक पत्रिकाकी सम्पादक कविता खड्का लगायतले अधिवेशनको सफलताको शुभकामना दिँदै जेष्ठ नागरिकको अनुभवलाई राष्ट्रनिर्माणमा उपयोग गर्न तीनै तहका सरकारलाई आग्रह गरेका थिए।



तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.