logo

जगदम्बा स्टिल्सको भट्टीमा एक्कासी बिष्फोट,एक घाइते, अपुष्ट समाचार प्रक्षेपण नगरिदिन उधोगको अपिल

 इसीमाना सम्बाददाता     २०८२ असार १९ गते ०२: ०१ मा प्रकाशित     860   पटक पढिएको

सीमरा । जगदम्बा स्टिल्स उधोगमा बुधवार राती बिष्फोट भएको छ । भट्टीमा भएको बिस्फोटमा परि भारत, बिहार राज्य, समस्तिपुर घर भई यसै कारखानामा कार्यरत वर्ष ३५ को अजय बैठा घाईते भएका छन ।

 

उनको वीरगंजको एल एस न्यूरो अस्पतालमा उपचार भइरहेको उधोग प्रशासनले जनाएको छ । बिसफोटबाट अन्य मानवीय क्षती नभएको उधोगले जनाएको छ । तर भौतीक क्षतीको लेखा जोखा भने हुन बाँकी रहेको जनाएको छ । 

 


उधोगले कतिपय संचार माध्यमले घटनाका सम्बन्धमा तथ्य भन्दा बढ्ता अझ अफवाहपूर्ण समाचार सम्प्रेशण गरेकोमा उधोगले असन्तोष जनाउदै तथ्य सम्प्रेषणको अपिल गरेको छ । 

 

जगदम्बा स्टिल्स लिमिटेडको हाताभित्र रहेको सि.सि. एम. प्लान्टमा कच्चा पदार्थलाई पगाल्ने क्रममा ३० टनको भट्टिमा  अचानक आगलागि भई पड्किएको उधोगले जनाएको छ ।

 

  घटना बारे  उधोग प्रशासनले पनि  अनुसन्धान गरिरहेको बिहिवार एक बिज्ञप्ती मार्फत  जनाएको छ । 


प्रतिष्ठानले  सम्वेदनशिल विषयमा आधिकारिक श्रोतबाट प्रमाणिकरण नभएका तथा अपुष्ट समाचार प्रकाशन र प्रशारण नगरिदिनुहुन पनि सम्पुर्ण सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपिल गरेको छ ।

 

साथै प्रतिष्ठानले  हिजोको घटनाले समाजमा पर्न गएको असहज अवस्थाप्रति दुख प्रकट समेत गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.