logo

वीरगञ्जमा गहवामाई रथ यात्रा भव्य रूपमा सम्पन्न, श्रद्धालुको भब्य सहभागिता

 इसीमाना सम्बाददाता     २०८२ असार १३ गते १२: २६ मा प्रकाशित     503   पटक पढिएको

वीरगञ्ज ।मधेस प्रदेशको ऐतिहासिक र सांस्कृतिक सम्पदामध्ये एक, श्री गहवामाईको तेस्रो रथ यात्रा शुक्रबार विशेष पूजापाठसहित भव्य रूपमा सम्पन्न भएको छ।May be an image of one or more people and crowd

गहवामाई तीर्थ क्षेत्र विकास समितिको पहलमा गठित धार्मिक समन्वय समितिद्वारा आयोजित रथ यात्रा मन्दिर पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो।

 

समितिका अनुसार, रथ यात्रामा नेपालका विभिन्न जिल्लासहित सीमावर्ती भारतका श्रद्धालुहरूको भब्य सहभागिता रहेको थियो।

May be an image of one or more people, temple and crowd

रथ यात्रा बिहान केही ढिलो गरि ८ बजे गहवामाई मन्दिरबाट सुरु भई घण्टाघर, रेल्वे रोड, नगवा, छपकैयाको छठघाट चोक, बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः मन्दिरमै पुगेर समापन भएको थियो।

 

पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन हुँदै काठमाडौँसम्मका भक्तजन सहभागी भएका थिए भने रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट पनि उल्लेख्य उपस्थिति देखिएको थियो।

 

वीरगञ्जवासीले रथ यात्रालाई विभिन्न ठाउँमा भव्य स्वागत गरे। पुष्पवर्षा, जलपान, जुस वितरणजस्ता सेवा र श्रद्धा देखाउन नगरबासीहरू अग्रसर देखिए। भगवा र रातो वस्त्रधारी श्रद्धालुहरूको गहवामाई की जयुको नारा गुञ्जिएको थियो।

 

रथ यात्रा अब परम्परा मात्र नभई एक उत्सव बनेको छ। यही अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिएको थियो।

 

महानगर प्रमुख राजेशमान सिंहले रथ यात्राले धार्मिक भावना मात्र होइन, वीरगञ्जको धार्मिक पर्यटन सम्भावनालाई समेत उजागर गरेको बताए। उनले आगामी वर्षदेखि महानगरको बजेटमा छुट्टै व्यवस्था गरिने प्रतिबद्धता समेत जनाए।

May be an image of 1 person and temple

सुरक्षाको दृष्टिले पर्सा प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायले सयौँ सुरक्षाकर्मी परिचालन गरेका थिए।

 

कार्यक्रम अन्तर्गत छपन्न भोग, भजन कीर्तन, महाप्रसाद र भन्डाराको समेत आयोजना गरिएको छ। समितिका सचिव पप्पु गुप्ताले यस रथ यात्रालाई मधेस प्रदेशकै पहिलो “धार्मिक झाँकीसहितको सांस्कृतिक रथ यात्रा” भएको दाबी गरे।

 

छपन्न भोग शुक्रबार बेलुकी ७ बजे, महाप्रसाद वितरण शनिबार बिहान ६ बजेदेखि, र भन्डारा कार्यक्रम साँझ ४ बजेदेखि सञ्चालन हुने जानकारी दिइएको छ।

May be an image of one or more people and crowd

समितिका अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार, सम्पूर्ण कार्यक्रमको अनुमानित खर्च २५ लाख रुपैयाँ रहेको छ भने सम्पन्न भएपश्चात सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरिने छ।

 

धार्मिक पर्यटनको प्रवर्द्धन, सनातन संस्कृति संरक्षण र सामाजिक एकता सुदृढीकरणका लागि आयोजना गरिएको यो यात्रा अब इतिहासमा एउटा भव्य अध्याय बनेको समितिको विश्वास छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.