logo

गौशलाका मेयरको मनपरी उपमेयरलाई कार्यालय प्रवेशमा रोक

 इसीमाना सम्वाददाता     २०८२ असार ३ गते ०३: ४३ मा प्रकाशित     1058   पटक पढिएको

 वीरगञ्ज । महोत्तरीको गौशाला नगरपालिकामा मेयर दिपेन्द्र महतो र उपमेयर रेणुकुमारी महतोबीचको विवाद उत्कर्षमा पुगेको छ ।

उनीहरु जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन । एउटै पार्टीबाट एउटै नीति बिचारबाट चुनाव जितेको भएपनि कार्यशैलीमा उनीहरुवीच एकरुपता नहुदा बिवाद बढेको हो ।  

 

उपमेयर रेणुकुमारी महतोले अनियमितताको आरोप लगाएकी छिन । उनले अनुगमनको काममा कर्मचारी संयन्त्रले असहयोग गरेको आरोप समेत लगाएकी छिन ।

 

अवस्था यस्तो सम्म आयो की नगरपालिका प्रमुख दिपेन्द्र महतोले  आज मंगलवार उपप्रमुख महतोलाई नगरकार्यपालिकाको बोर्ड बैठकमा भाग लिन दिएनन ।

 

त्यती मात्र होइन नगरपालिका प्रवेशमा समेत रोक लगाए । उपप्रमुख महतो प्रवेशद्वारामा बसेर आफूमाथि गरिएको ब्यवहारप्रति आक्रोश ब्यक्त गरिरहेकी छिन ।

 

जस्तो सुकै बिमती भएपनि बैठकमा सहभागि हुन पाउनु उपमेयरको अधिकार हो । कार्यालयमा निर्वाध प्रवेश पाउन पनि उनको अधिकार हो ।

 

उनको अधिकार संकचुन गरेर मेयरले गैरकानूनी काम गरेका छन । कार्यालयको कागजात चोरीको आरोप मेयरले उपमेयर माथि लगाएका छन । 

 

उपमेयर महतोले मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरिरहेको आरोप लगाएकी छिन् । 

कार्यालयमा उपमेयरलाई छिर्न नदिन नगर प्रहरी तैनाथ गरिएको भिडिओमा प्रष्ट देखिन्छ । आज बिहानैदेखि कार्यपालिका बैठक बसिरहेको जानकारी दिँदै उपमेयर महतोले नगरबासीसँग सहयोगको अपिल गरेकी छिन् ।

उपमेयर महतोले भनिन्, “दर्ता चलानी धेरै ठाउँमा खाली राखिएको छ । किन खाली राखेको हो ? यो विषयमा छानबिन हुनुपर्छ ।” उनले थपिन्, “आज बिहान ८ बजे कार्यपालिकाको बैठक राखिएको थियो ।

 

 म करिब साढे ८ बजे पुगें । तर, भित्र प्रवेश गर्नै दिएनन् । वातावरण ठिक थिएन । म फर्कें । त्यसपछि कार्यालय समयमा पुग्दा पनि भित्र प्रवेश गर्न दिएको छैन ।”

मेयरको निर्देशनमा कर्मचारीले आफूलाई भित्र प्रवेश गर्न नदिएको भन्दै उपमेयर महतोले आफ्ना अधिकारका लागि लडिरहने उद्घोष गरेकी छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.