logo

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

 इसीमाना सम्वाददाता     २०८२ जेठ १७ गते ०२: ०० मा प्रकाशित     661   पटक पढिएको

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

 

 अदालतले फैसला उल्टी गरेको दिन देखीनै सामाजिक संजाल मार्फत कडा प्रतिक्रिया जनाउदै आएका साहले “म मेरो माँग स्पष्ट रुपमा राख्न चहान्छु” भन्दै महाअभियोग लगाउनु पर्ने बताएका हुन । 


उनले आफनो समाजिक संजालमा,यदि साँच्चै कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले न्यायालयलाई कुनै राजनीतिक संरक्षण दिएको छैन भन्ने प्रमाणित गर्न चाहन्छ भने, अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनुपर्छ ।


महम्मद अफताव आलमलाई सफाई दिइएको कुरा लोकतन्त्रकै मूल्य र जनताको विश्वासमाथिको गम्भीर प्रहार भएको उनले आफनो सामाजिक संजालमा लेखेका छन । 

 

साँसद साहले फैसलाले राजनीति, अपराधीहरूको ढाल बन्दै गएको उल्लेख गरेका छन । उनले लेखेका छन“आज अपराध गर्ने तर ठूला राजनीतिक दल—जस्तै नेपाली कांग्रेस वा नेकपा एमाले—को संरक्षण पाएपछि सजाय होइन, सम्मान पाउने अवस्था सिर्जना भएको छ”।


उनले  न्यायाधीशहरूको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा गरिन्छ, तबसम्म पीडितले न्यायको आशा गर्नु भ्रम मात्र हुन्छ भनेका छन । 

 

यस्तो निर्णय दिने न्यायाधीशलाई कारबाही प्रक्रिया अघि बढाइएन भने, यसले एउटै सन्देश दिन्छ—गठबन्धन सरकार स्वयं अफताब आलमलाई उपहार दिँदैछ, र यो फैसला राजनीतिक संरक्षणमा गरिएको हो उनले लेखेका छन।


साँसद साहल ेदेशभर भ्रष्टाचार, कुशासन, अराजकता, उडण्डता र धार्मिक असहिष्णुता बढ्दो छ। अब मौन बस्ने बेला छैन।
जनताको धैर्यको सीमा छ।

May be an image of ticket stub and text

 अब समय आएको छ—जनता जुरुक्क उठ्ने। अन्यायविरुद्ध आवाज बुलन्द बनाउन अपिल समेत गरेका छन ।


यसैवीच नेपाल बार एशोशिएसन उच्च अदालत वीरगंजका सचिव बिशाल चौधरीले एक बिज्ञप्ति जारी गरी आदालतको न्याय प्रक्रियाका बिषयमा नकारात्म टिप्पणी नगर्न आग्रह गरेका छन ।  

 

उनले अदालतको आदेश वा फैसला  मनोगत धारणाको आधारमा नभई तथ्यको आधारमा हुने हुदा मनोगत आधारमा आदालतको निर्भिकतामा प्रतिकूल असर पार्ने खालका काम नगर्न सबैमा आग्रह गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

मानवसेवा आश्रमको पहल , वीरगञ्जमा एक अज्ञात पुरुषको उद्धार

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट एक पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार उद्धार गरेको छ।

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.