logo

पर्साका राजनीतिक दलमा सृजनात्मकताको अभाव,झारा टार्दै गणतन्त्र दिवसमा दीपावली गर्ने सर्वसम्मत निर्णय

 ईसीमाना सम्वाददाता     २०८२ जेठ १३ गते १४: ४३ मा प्रकाशित     977   पटक पढिएको

वीरगंज । गणतन्त्र दिवसको अवसरमा पर्सामा दीपावली गर्ने निर्णय भएको छ ।

 

 नेपाली कांग्रेस पर्सा, नेकपा एमाले पर्सा ,नेकपा एकिकृत समाजवादी पर्सा ,राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र जसपा पर्साको आयोजनामा घण्टाघरमा दीपावली गर्ने निर्णय भएको हो ।


जनताको बलिदानीपूर्ण क्रान्तिको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध प्रतिगामीहरुको आक्रमण तिब्र भइरहेको बेला गणतन्त्रका हिमायतीहरुले गणतन्त्र दिवसलाई भब्य रुपमा मनाउनु पर्नेमा झारा टार्ने निर्णय गरेर बसेका छन ।

गणतन्त्रको स्वामित्व लिने पर्साका राजनीतिक दलहरुले अरु केही गर्न नसकेपनि पर्साका आम नागरिकलाई गणतन्त्र दिवसकोे अवसरमा घर घरमै राष्ट्रिय झण्डा फहराउन अपिल गर्न सक्थे ।

 

पर्साका बिभिन्न केन्द्रहरुमा दीपावली मनाउन आपिल गर्न सक्थे । आफ्ना सबै संगठनहरु र कायकर्ताहरु जो जाहा छन त्यही स्थानीय रुपमा कार्यक्रम बनाउने र गर्ने गरि निर्देशित गर्न  सक्थे तर माइस्थानमा दीपावली गर्ने बाहेक अरु सृजनात्मकता देखाउन नसकेर दलहरुले गणतन्त्र दिवसलाई खल्लो बनाएका छन । 

यो दिवसले हाम्रो स्वतन्त्रता र लोकतन्त्रको सम्मान गर्न सिकाउँछ भन्ने कुरालाई पर्साका दलहरुले बिर्सेको टिप्पणी गरिएको छ ।

 

पर्साका बिभिन्न स्थानका पूलहरुमा राष्ट्रिय झण्डा फहराइएको छ । नेपालको प्रवेशद्वार शंकराचार्य गेटमा ठुलो झण्डा छ  ति झण्डाहरुको तल उभिएर राष्ट्रिय गान गाउने र श्रद्धा ब्यक्त गर्न अपिल समेत गर्न नसक्ने दलहरुको अल्छीपनको आलोचना स्वभाविक छ । 


दलहरुले प्रभात फेरी पनि गर्न सक्थे तर सर्वदलीय प्रभात फेरीमा जनताको सहभागिता हुने कुरा  दलकै नेताहरुलाई बिश्वास नलागेपछि गर्मिलाई बहाना बनाएर नेताहरुले त्यो जोखिम लिन चाहेनन ।

 

 नेताहरुलाई गणतन्त्रको बितरण प्रणालीमा खोट छ भन्ने लागेकै ,त्यसले जनतालाई निराश बनाएको बेला जनता आउदैनन भन्ने लाग्नु स्वभाविक पनि हो ।  

 

पार्टी प्यालेसहरुमा कुनै कार्यक्रम गर्दा धेरैले सहभागिताको अवसरबाट बन्चित हुनु पर्ने, खुला कार्यक्रम गर्न नसक्ने भएपछि सबै भन्दा सजिलो दीपावलीमा सर्वसम्मत सहमती भएको स्रोतले जनायो । 


नेपाली काग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सर्वदलिय बैठकमा नेकपा एमाले पर्साका सचिव महेश दास ,  जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापा केन्द्रीय सदस्य   मनोज चौधरी , रास्वपा पर्साका अध्यक्ष हरि पन्त, नेका पर्साका प्रवक्ता राकेश पाण्डेय , जनमत पार्टीका प्रदेश सदस्य राज नारायण मिश्र र महानगर अध्यक्ष महादेव शर्मा सहभागिता थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.