logo

पर्सा जिल्लाको ठोरी क्षेत्रमा आज पुनः एकपटक सीमा विवाद चर्कियो

 इसीमाना सम्वाददाता     २०८२ जेठ ११ गते १०: ५८ मा प्रकाशित     517   पटक पढिएको

वीरगंज । पर्सा जिल्लाको ठोरी क्षेत्रमा आज पुनः एकपटक सीमा विवाद चर्किएको छ ।

 

झन्डै पाँच वर्षअघि नेपालले आफ्नो भूमिमा गाडेको काँडेतार भारतीय सुरक्षा बल(एसएसबी) ले हिजो एकतर्फी रूपमा भत्काएपछि विवाद पुनः सतहमा आएको हो ।

 


स्थानीयवासी र सुरक्षानिकायका अनुसार एसएसबीले कुनै जानकारी नदिई एकैपटक ३७ वटा पोल भत्काएको छ । ती पोल ठोरी गाउँपालिका–३ को बुद्धनगर र रामनगरको सीमा क्षेत्रमा पर्ने स्थानमा गाडिएका थिए ।

 

 लामो समयदेखि उक्त काँडेतारमा कुनै विवाद नउठेको अवस्थामा अचानक भारतीय पक्षले दादागिरी शैलीमा पोल भत्काएको घटनाले स्थिति तनाबपूर्ण बनेको छ ।


घटनाको जानकारी पाएपछि वडाध्यक्ष शम्भु खड्का, सशस्त्र प्रहरी बलका डिएसपी, नेपाली कॅाग्रेस ठोरी ३ वडा सभापति रुद्र खडकालगाएत स्थानीय समाजसेवी र सरोकारवालाहरू तत्काल घटनास्थल पुगेका थिए । नेपाली पक्षले गम्भीर आपत्ति जनाउँदै वार्ताको पहल थालेको छ ।


प्रहरी निरीक्षक प्रेम तामाङका अनुसार, हिजो अपराह्न भारतीय पक्षसँग संवाद भएको र छलफलपछि आज नै पुरानै स्थानमा पोल पुनः गाडिने सहमति जुटेको छ । “समस्या समाधानका लागि छलफल सकारात्मक भएको छ, भोलि नै पोल गाड्ने सहमति भएको छ,” उनले बताए ।


नेपाली पक्षको अडान स्पष्ट छ । पहिले जहाँ पोल गाडिएको थियो, त्यही स्थानमै पुनः पोल राखिनुपर्छ । दशगजा भित्र परेको खण्डमा मात्र आपसी सहमतिमा सिमा छुट्याइने र अन्यथा कुनै पनि एकपक्षीय कार्य स्वीकार्य नहुने नेपाली पक्षको धारणा छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.