logo

पर्सा जिल्लाको ठोरी क्षेत्रमा आज पुनः एकपटक सीमा विवाद चर्कियो

 इसीमाना सम्वाददाता     २०८२ जेठ ११ गते १०: ५८ मा प्रकाशित     978   पटक पढिएको

वीरगंज । पर्सा जिल्लाको ठोरी क्षेत्रमा आज पुनः एकपटक सीमा विवाद चर्किएको छ ।

 

झन्डै पाँच वर्षअघि नेपालले आफ्नो भूमिमा गाडेको काँडेतार भारतीय सुरक्षा बल(एसएसबी) ले हिजो एकतर्फी रूपमा भत्काएपछि विवाद पुनः सतहमा आएको हो ।

 


स्थानीयवासी र सुरक्षानिकायका अनुसार एसएसबीले कुनै जानकारी नदिई एकैपटक ३७ वटा पोल भत्काएको छ । ती पोल ठोरी गाउँपालिका–३ को बुद्धनगर र रामनगरको सीमा क्षेत्रमा पर्ने स्थानमा गाडिएका थिए ।

 

 लामो समयदेखि उक्त काँडेतारमा कुनै विवाद नउठेको अवस्थामा अचानक भारतीय पक्षले दादागिरी शैलीमा पोल भत्काएको घटनाले स्थिति तनाबपूर्ण बनेको छ ।


घटनाको जानकारी पाएपछि वडाध्यक्ष शम्भु खड्का, सशस्त्र प्रहरी बलका डिएसपी, नेपाली कॅाग्रेस ठोरी ३ वडा सभापति रुद्र खडकालगाएत स्थानीय समाजसेवी र सरोकारवालाहरू तत्काल घटनास्थल पुगेका थिए । नेपाली पक्षले गम्भीर आपत्ति जनाउँदै वार्ताको पहल थालेको छ ।


प्रहरी निरीक्षक प्रेम तामाङका अनुसार, हिजो अपराह्न भारतीय पक्षसँग संवाद भएको र छलफलपछि आज नै पुरानै स्थानमा पोल पुनः गाडिने सहमति जुटेको छ । “समस्या समाधानका लागि छलफल सकारात्मक भएको छ, भोलि नै पोल गाड्ने सहमति भएको छ,” उनले बताए ।


नेपाली पक्षको अडान स्पष्ट छ । पहिले जहाँ पोल गाडिएको थियो, त्यही स्थानमै पुनः पोल राखिनुपर्छ । दशगजा भित्र परेको खण्डमा मात्र आपसी सहमतिमा सिमा छुट्याइने र अन्यथा कुनै पनि एकपक्षीय कार्य स्वीकार्य नहुने नेपाली पक्षको धारणा छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.