पर्साका पटेर्वा सुगौली र जिराभवानी बिरुद्ध अख्तियारमा शुून्य उजुरी
इसीमाना सम्वाददाता
२०८२ जेठ ९ गते ०५: ०८ मा प्रकाशित
929 पटक पढिएको
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्षमा पर्साको पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकाको बिरुद्ध उजुरी परेको छैन । पर्साका अन्य स्थानीय तहका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ नै छ । यस्तो पटेर्वा सुगौली र जिराभवानी बिरुद्ध उजुरी नपर्नुलाई सुखद नै मान्नुपर्छ ।
स्थानीय तहमा सार्वजनीक खरिद प्रक्रिया र पूर्वाधार निर्माणको बिषयमा धेरै उजुरी पर्ने प्रवृति रहेको छ । पूर्वाधार निर्माणमा इष्टिमेटमै चलखेल गर्ने गरेको भन्दै अनेकौ उजुरी पर्ने गरेका छन । उपभोक्त समितिको काम ठेकेदार मार्फत गराउने प्रवृति बिरुद्ध पनि उजुरी परेका हुन्छन ।
उपभोक्ताका नाममा योजना लिने र ठेकेदार मार्फत काम गराउने कुरा त सबैभन्दा धेरै हुने गरेकोमा पटेर्वा सúौली र जिराभवानीमा यस्ता समस्या छन भने कुनै उजुरी नपर्नुलाई सकारात्मक रुपमा लिइएको छ ।
यसो त पर्साका १४ पालिकामध्ये सबैभन्दा धेरै वीरगञ्ज महानगरका कामकारबाहीका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छन् ।
आयोगका हेटौँडा कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज महानगरसम्बन्धी १ सय ४१ उजुरी परेका छन् । कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले पर्साका पालिकामध्ये सबैभन्दा धेरै उजुरी वीरगञ्ज महानगरका परेको जानकारी दिए ।
यस वर्षको १० महिना भित्र बीरगंज महानगरपालिकाको कामका बिषयमा यति धेरै उजुरी परेको हो । अख्तियारको दुरुपयोग गरि अनियमितता गरेको आरोपमा उजुरी परेको आयोगको हेटौडा कार्यालयले जनाएको छ ।
यस वर्षको वैशाख महिनाको अन्तिम सम्म छिपरमाई गाउँपालिका बिरुद्ध १ सय ४ उजुरी परेका छन् । यस्तै, बहुदरमाईमा २३, पोखरियामा २९, कालिकामाईमा ६, पकाहाँमैनपुरमा १७, जगरनाथपुरमा ४, धोबिनीमा १०, विन्दावासिनीमा ८, पर्सागढीमा ४, सखुवाप्रसौनी र ठोरी गाउँपालिकाका ३÷३ वटा उजुरी परेका छन् । चालु आर्थिक वर्षको १० महिनामा जिल्लाका स्थानीय तहसम्बन्धी ३ सय ५२ वटा उजुरी परेका छन् जबकि गत आर्थिक वर्षको यही अवधीमा उजुरीको संख्या १ सय ७२ थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर बिरुद्ध परेको १ सय २ उजुरी फछ्र्यौट गरेको छ । यस्तै, छिपरमाइ गाउ्रँँपालिका बिरुद्ध परेको उजुरी मध्य ५७ वटा र बहुदरमाई बिरुद्धका ९ वटा उजरी फछ्र्यौट भएका छन् ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया