logo

जनताको आवाज बोल्दै एमाले, सरकारी कार्यालयमा बिचौलिया हावी, सुशासनको प्रत्याभूती नभए आन्दोलनमा उत्रने चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ जेठ ६ गते ०४: ३९ मा प्रकाशित     782   पटक पढिएको

वीरगञ्ज । नेकपा एमाले वीरगंज महानगर कमिटीले सुशासनको प्रत्याभूतीको माँग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 


महानगर कमिटीका अध्यक्ष नवराज शर्मा, पार्टीका केन्द्रीय सल्लाहकार तथा महानगरका निर्वतमान प्रमुख बिजय कुमार सरावगी,महानगर इञ्चार्ज विचारी यादव,  सहितको टोलीले ज्ञापन पत्र बुझाउदेृ आफ्नै सरकारलाई सुशासन दिन भनेको हो ।

 पर्साका सरकारी कार्यालयमा नियमितता, भ्रष्टाचार र बिचौलियाको प्रभाव छ भन्ने ठहर एमाले वीरगंज महानगरको छ र त्यसलाई निस्तेज पार्न उसले ज्ञापन पत्र मार्फत माँग गरेको छ । 

No description available.

एमालेले सुधारको अपेक्षा राखेको छ सुधार नहुदामा आन्दोलनमा जाने बिकल्प रहेको स्मरण समेत गराएको छ । 

एमाले वीरगञ्ज महानगरले यातायात व्यवस्था, मालपोत, नापी, भन्सार, विद्युत प्राधिकरणलगायत दर्जनौं कार्यालयमा बिचौलियाबिना कुनै सेवा नपाइने अवस्था भएको आरोप लगाएको छ ।

“जनतालाई दैनिक कामका लागि कार्यालय धाउनुपरेको छ, तर पैसा र प्रभावबिना सेवा पाउन गाह्रो भएको छ,“ अध्यक्ष नवराज शर्माले हस्ताक्षर  गरेको विज्ञप्तिमा भनिएको छ।

एमाले महानगर कमिटीले प्रहरी प्रशासनप्रति पनि असन्तुष्टि जनाउँदै राजनीतिक र सामाजिक प्रभावमा परेर काम गर्ने, सानातिना विवादमा मुद्दा थोपर्ने प्रवृत्तिको आलोचना गरेको छ ।

यस्तै, विकास निर्माणको गुणस्तर खस्किएको, अनुगमन नहुने, कमिसनको खेल मौलाएको भन्दै नियन्त्रण गर्ने संयन्त्र नै कमजोर भएको उल्लेख गरिएको छ ।

 

 स्थानीय तहको कमजोरीप्रति पनि एमाले महानगर कमिटिले गुनासो गरेको छ । स्वास्थ्य क्षेत्रमा उल्लेख्य भूमिका नदेखिएको र तीन तहको सरकारमध्ये स्थानीय तह समेत निष्क्रिय जस्तो देखिएको भन्दै आलोचना गरेको हो ।

 

करिब पाँच महिनाअघि जगरनाथपुरमा आगलागी हुँदा ४ बिघा धान खेत जलेको घटनामा अहिलेसम्म राहत नपाएको, बन्दरगाह क्षेत्रको अधिग्रहणपछिको क्षतिपूर्ति अझै बाँकी रहेको विषयमा समेत तत्काल कदम चाल्न आग्रह गरिएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीको भनाइ पर्साका सरकारी कार्यालयमा चुनौती बनेको छ ।“ एमालेलाई यस्तो बेथिति किमार्थ स्वीकार्य नहुने स्पष्ट गर्दै आवश्यक सुधार नभए सशक्त आन्दोलन घोषणा गर्ने  चेतावनी दिएको छ ।


 ज्ञापन पत्र बुझाउन गएको टोलीमा  महानगर कमिटि सचिव जयनारायण सिंह कुर्मी, महानगर लेखा समिति अध्यक्ष अजय साह, वीरगञ्ज महानगर वडा नम्बर १७ का वडा अध्यक्ष सञ्जिव बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

मानवसेवा आश्रमको पहल , वीरगञ्जमा एक अज्ञात पुरुषको उद्धार

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२५ स्थित बहुवरी ड्राइपोर्ट चोकबाट एक पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार उद्धार गरेको छ।

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.