logo

बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियारको छापा,योजनाका कागजात निलम्वित लेखा प्रमुख पुरीको कब्जामा

 इसीमाना सम्वाददाता     २०८२ जेठ ६ गते ०४: ०४ मा प्रकाशित     797   पटक पढिएको

जनकपुरधाम  । धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले  छापा मारेको छ।

सामेवार आयोगले छापामारी गरि केही कागजात नियन्त्रणमा लिएको थियो . तर मंगलवार पनि छापा मार्न कार्यालय पुगेको आयोग टोलीलाई भने कर्मचारीले असयोग गरेका थिए ।

 सोमवार आयोगले लामो समयदेखि अलपत्र अवस्थामा रहेका तथा ‘सेटिङ’मार्फत ठेक्का दिइएका योजनासम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको थियो।

 

मंगलवार कार्यालय पुगेको आयोग टोलीले  योजनासम्बन्धी फाइलहरू खोजेको थियो । तर कार्यालयका कर्मचारीले फाइल राखिएको दराजको साँचो निलम्बित लेखा अधिकृत सुमन पुरीसँग भएको भन्दै फाइल दिन असहयोग गरेका थिए। पुरीविरुद्ध यसअघि नै  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भइसकेको छ।

 

चार वर्षदेखि अधुरो अवस्थामा रहेको वडा नं- १ स्थित लक्ष्मी माध्यमिक विद्यालयको भवन, गाउँपालिका कार्यालय अगाडिको महादेव मन्दिर, र अन्य आधा दर्जनभन्दा बढी योजनाका फाइल अख्तियारले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

 

 अख्तियारले फेला पारेका कागजातको विस्तृत विश्लेषणपछि थप अनुसन्धान अगाडि बढाइने जनाइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.