logo

मधेशका पूर्व अर्थमन्त्री यादव सहित भरततालका भरत बिरुद्ध  बिशेष अदालतमा  अर्को मुद्धा

 इसीमाना सम्वाददाता     २०८२ जेठ ४ गते ०३: ०४ मा प्रकाशित     1236   पटक पढिएको

काठमाडौं । मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार यादव , सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापा विरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसनधान आयोगले उनीहरुबिरुद्ध बिशेष अदालतमा अर्को मुद्धा दायर गरेको हो ।  

 

अख्तियारले  बागमती नगरपालिकाकी निलम्बित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलसमेत आठ जना बिरुद्ध मुद्धा दायर गरेको हो  । 

तत्कालीन इन्जिनियर निरन्जन लामीछाने, सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल मेयर, उपमेयर, प्रशासकीय अधिकृतसहित यी सबै कर्मचारी यसअघिकै भरत ताल भ्रष्टाचार प्रकरणमा मुद्दा दर्तापछि निलम्बित छन् ।


३० करोड रुपैयाँ गैरकानूनी अनुदान दिने र लिने विरुद्ध अख्तियारले उनीहरूसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


मेयर र उपमेयर माओवादी केन्द्रका हुन् भने पूर्वअर्थमन्त्री यादव जसपा नेपालका हुन् ।

अख्तियारका अनुसार पूर्वमन्त्री यादवसँग २९ करोड ९९ लाख ८६ हजार १३५ बिगो दाबी गरिएको छ । मेयर–उपमेयरसँग ५६ करोड ७१ लाख ७ हजार २९२ बिगो मागदाबी गरिएको छ ।

मन्त्रालयका कानून अधिकृत भुजेलसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रूपैयाँ, नगरपालिकाका इन्जिनियर निरन्जन लामिछोनसँग १० करोड १४ लाख ९५ हजार, हाल निलम्बित इन्जिनियर सागर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२, लेखा अधिकृत विश्वराज पोखरेलसँग ५६ करोड ३ लाख ३४ हजार ४०४ रूपैयाँ, बिगो माग गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

 

सर्लाहीको बागमती नगरपालिका–४ र १२ को उक्त परियोजना सर्लाहीको सागरनाथ वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटो गैरकानूनी रूपमा उत्खनन् गरी माछापोखरी बनाउने भनेर संघ, प्रदेश सरकारसमेतको करोडौं रकम खर्चेर गैरकानूनी संरचना बनाएकोमा अख्तियारले मुद्दा चलाएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.