logo

युवा संघ नेपालले मानव सेवा आश्रममा मनायो ३६ औं स्थापना दिवस

 इसीमाना सम्बाददाता     २०८२ जेठ १ गते ०४: ४५ मा प्रकाशित     1327   पटक पढिएको

वीरगंज  । नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपालले आफ्नो ३६ औं स्थापना दिवसका अवसरमा मानव सेवा आश्रममा रहेका सहयोगापेक्षीहरुलाई  खना ख्वाएको छ।

 


युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा पर्सा ईन्चार्ज अनिल पटेल को प्रमुख आतिथ्यथा संघका पर्सा  अध्यक्ष राज श्रीवास्तवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

 

युवा संघको स्थापना त्यसको उद्धेश्य र आजको अवस्थामा युवा संघको भूमिकाको बिषयमा अनिल पटेलले प्रकाश पारेका थिए । उनले  युवाहरुको जमातले अन्याय अत्याचार र भ्रस्टचारको विरोध , बिचौलिया पूजीवादको  बिरोधमा दबाब मुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए ।

 

  २०४७ ज्येष्ठ १  गते युवा संघ नेपालको स्थापना भएको हो । कार्यक्रममा  समाजवादी प्रेस संगठन का केन्द्रिय सल्हकार राघव साह, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रिय उपाध्यक्ष आकाश पटेल र नेपाल पत्रकार महासंघ पर्साका सह सचिव अजय चौरसिया  राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, मदन कुर्मी र मानव सेवा आश्रमका प्रबन्धक दिवेश प्रशाद मानवी ,राम अयोध्या पटेल  प्रताप पटेल,दीपक साह, राम नारायण,  पटेल,सकलदेव यादव, रणजीत यादव, प्रेम यादव,राम पटेल, प्रदीप कुशवाह, छोटु पटेल,कन्हैया साह, विस्वाजित सिंह, उपेन्द्र पटेल,विशाल यादव ,आयुष श्रीवास्तव, दीपेन्द्र पटेल, सुग्रीम पटेल लगायतका उपस्थीत रहेको थियो। कार्यक्रम संचालन विशेश्वर पटेल ले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.