logo

घुसकाण्डमा सिम्रौनगढका तत्कालीन निमित्त प्रमुख साह दोषी ठहर,४ महिना कैद र जरिवाना हुने

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २३ गते ०९: ५२ मा प्रकाशित     791   पटक पढिएको

वीरगंज । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

 

सोमबार विशेष अदालतले घुसको मुद्दामा अधिकृत वीरेन्द्रप्रसाद साह कानु र दीपेश यादवलाई दोषी ठहर गरेको हो।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुविरुद्ध ३० कात्तिकमा र यादवविरुद्ध २८ माघमा मुद्दा दर्ता गरेको थियो। कानुले बिल भुक्तानी गरेबापत घुस मागिरहेको सूचना यादवले अख्तियारलाई दिएका थिए।

 

 जसपछि आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले ७८ हजार रुपैयाँसहित उनलाई नियन्त्रणमा लिएको थियो।

 

तर, पछि यादवले अदालतमा बयान फेरेका थिए। जसपछि उनीविरुद्ध पनि प्रतिकूल बकपत्रको मुद्दा दायर भएको थियो।

 

कानु र यादव दुवैजनालाई बिगोको दामासाहीले हुन आउने रकम ३९ हजार रुपैयाँ जनही जरिवानाको फैसला भएको छ।

 

 साथै, ४ महिना कैद हुनेसमेत फैसलामा छ। घुसबापतको रकम जफतसमेत हुने भएको छ।

 

विशेष अदालतका  अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो।

 

जसअनुसार दुवै प्रतिवादीले जनही १५ सय ६० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्नेछ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.