logo

आक्समीक रक्तदानमा दुई महिला सहित छपन्न जनाले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २० गते ०७: ४७ मा प्रकाशित     769   पटक पढिएको

तस्विरः सजल श्रेष्ठ

वीरगञ्ज। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भोलेन्टियर समूह वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा आकस्मिक रक्तदानमा २ महिला सहित ५६ जनाले रक्तदान गरेका छन । 

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि केन्द्रको संयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा भोलेन्टियर टिम वीरगञ्जका महासचिव श्याम सरार्फ, संयोजक राजन श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी, तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौत्तम मिश्रको समेत सहभागिता रहेको थियो  । 


रक्तदान गर्नेहरूमा अनिता ठाकुर, पवन देवकोटा, रमेश केसी, दीपक पटेल, प्रकाश कुमार, सागर पटेल लगायत अन्य स्वयंसेवकहरूको सक्रिय उपस्थिति रहेको थियो।


आयोजकका अनुसार, यस प्रकारका कार्यक्रमहरूले आपतकालीन अवस्थामा रगतको अभाव हटाउन सहयोग गर्नुका साथै समुदायमा सेवा भावना र मानवता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।

राजावादी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गरिदैनः संचारमन्त्री गुरुङ

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादी आन्दोलनमा सहभागिता जनाउँदै ज्यान गुमाउनेहरूलाई सहिद घोषणा नगरिने स्पष्ट पारेका छन्।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.