logo

मानव तस्करी गरेको आरोपमा सिन्धुपाल्चोकका लामा पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १९ गते ०८: १९ मा प्रकाशित     549   पटक पढिएको

वीरगन्ज । मानव तस्करी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक चौतरा नगरपालिका वडा नं १ का २३ वर्षिय सुवन लामालाई पक्राउ गरेको छ । 


उनलाई बैशाख १७ गते वीरगंजको नाकाबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई पक्राउ गरेसंगै तीनजना युवतीको उद्दार पनि गरेको छ ।

 

 युवतीहरूलाई भारतको दिल्ली हुँदै अन्य तेस्रो मुलुकमा पठाउने तयारीमा लामा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

 

नेपाल र भारतबिच लामो खुला सीमा छ । यसैका कारण सुरक्षा निकायको पहुँच बाहिरका कैयौं ‘अनौपचारिक नाका’ छन्, जुन मानव तस्करीका लागि उपयुक्त मार्ग बनेका छन् । खासगरी बारा, पर्सा, रौतहट, सप्तरी, मोरङ, कैलाली, कञ्चनपुर जस्ता जिल्लाका नाकाबाट तस्करी हुने गरेको प्रहरी तथ्यांक छ ।

 

 नेपालमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लागू भए पनि यसको प्रभावकारी कार्यान्वयनमा समस्या देखिन्छ ।

सीमाक्षेत्रमा संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव, प्रहरी–प्रशासनमा स्रोत साधनको कमीसँगै मुद्दा दर्ता भएपछि हुने ढिलो न्यायिक प्रक्रिया तस्करलाई उत्साहित गर्ने कारक बनेको जानकारहरु बताउँछन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.