logo

राष्ट्रीय परिचय पत्र बनाउन स्थानीय प्रशासनले गर्यो यस्तो प्रवन्ध ,जिल्लाका ४ ठाउँमा केन्द्र खुल्ने

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १२ गते ०४: ३५ मा प्रकाशित     506   पटक पढिएको

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचय पत्र बनाउनकालागि नयाँ केन्द्रहरु तोकेको छ ।


यही बैशाख १४ गते देखी लागू हुने गरि नयाँ  केन्द्रहरु तोकिएको हो । सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर यस्तो ब्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले १४ गते देखी रष्ट्रिय परिचय पत्र बनाउनकालागि तोकिएकै केन्द्रमा जान सेवग्राहीलाई अपिल समेत गरेको छ । 


जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चा अत्यधिक बढ्न थालेपछि नयाँ केन्द्रहरु तोकिएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले शुक्रवार एक सूचना जारी गर्दै केन्द्रहरुको बारेमा जानकारी दिएका हुन ।


जिल्ला प्रशासन कार्यालय पर्सामा बिन्दवासीनी गाउँपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र सखुवा प्रसौनी नगरपालिकाका नागरिकको राष्ट्रिय परिचपत्र बनाउने काम हुनेछ ।


त्यसैगरि इलाका प्रशासन कार्यालय सुपौलीमा पटेर्वा सुगौली गाउँपालिका,ठोरी जिराभवानी र जगरनाथपुर गाउँपालिकाका सेवाग्राहीको राष्ट्रिय परिचयपत्र बनाउने गरि प्रवन्ध लिाइएको जिल्ला प्रशहासन कार्यालय पर्साले जनाएको छ ।

 त्यसैगरि पोखरिया नगरपालिकाको कार्यालयमा पोखरिया नगरपालिका, कालिकामाई गाउँपालिका, छिपरमाई गाउँपालिका, धोविनी गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाका सेवाग्राहीको परिचय पत्र बन्ने छ ।

 वीरगंज महानगरपालिकाका सबै वडाहरुका सेवाग्राहीहरुकालागि महानगर कार्यालयमै परिचय पत्र बनाउने ब्यवस्था मिलाइएको छ ।

May be an image of text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.