logo

नेकपा एमाले सप्तरीको अध्यक्षमा पूनः चौधरी सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १ गते ०४: ३० मा प्रकाशित     517   पटक पढिएको

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १०औं जिल्ला अधिवेशनले  ताराकान्त चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । चौधरी यस अघि  अध्यक्ष नै थिए।

चैत ३० र ३१ गते दुई दिनसम्म चलेको अधिवेशनको दोस्रो दिन, आइतबार सम्पन्न बन्द सत्रले चौधरीको नेतृत्वमा नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।

पार्टीका पोलिट्ब्युरो सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले ५ सदस्यीय लेखा समिति सहित १ सय २२ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो।

अधिवेशनले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण तथा आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ नेतृत्व चयन गरेको जनाइएको छ।

 अध्यक्षमा चयन भएका चौधरी सप्तरी निर्वाचन क्षेत्र नं.३ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए। उनी लामो समयदेखि पार्टी संगठनमा क्रियाशील छन् र जिल्लामा लोकप्रिय नेता मानिन्छन्।

पार्टी स्रोतका अनुसार नयाँ कार्यसमितिमा उपाध्यक्षमा जय प्रकाश ठाकुर चयन भएका छन्।

त्यस्तै, सचिवमा देवनाथ यादवले पुनः निरन्तरता पाएका छन्। उपसचिवमा कुसुम आचार्य र दुर्गानन्द ठाकुर चयन भएका छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.