logo

हनुमान जयन्तीको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन

 इसीमाना सम्वाददाता     २०८१ चैत ३० गते ०४: ५६ मा प्रकाशित     918   पटक पढिएको
जनकपुरधाम  । हनुमान जयन्तीको अवस। पारेर मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ धर्मशालाको उद्धघाटन गरेका छन । 
 
उपमहानगरपालिकाको वडा नं ८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधाद्वारा  २० करोडको लागतमा निर्माण गरिएको धर्मशाला भवनको मुख्यमन्त्री सिंहले शनिवार उद्धघाटन गरेका हुन। 
 
  दशरथनगरमा परिषदद्वारा २२ कट्ठा जमिनमा निर्माण गरिएको सो भवन पाँचतलाको रहेको छ । 
 
नेपाल तथा भारतका विभिन्न सामाजिक सङ्घसंस्था र धार्मिक तथा सामाजिक व्यक्तित्वको आर्थिक सहयोगमा निर्माण भएको धर्मशाला हाताभित्र सभा भवन, शौचालय तथा पक्की भान्साघर तथा पार्किङकोसमेत व्यवस्था रहेको   मिथिला अबध सांस्कृतिक संरक्षण परिषद्का अध्यक्ष डा. गौराग मिश्रले जानकारी दिए । 
 
सो अवसरमा मुख्यमन्त्री सिंहले जनकपुरके सास्कृतिक ख्यातीको  राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गरी धार्मिक पर्यटनको आकर्षण केन्द्र बनाउन सबैलाई आग्रह गरे  ।
 
साथै उनले  जनकपुरधाममा आउने पर्यटक तथा हिन्दू धर्मावलम्बीलाई गुणस्तरीय सेवा प्रदान गर्न सेवा प्रदायक सबैलाई अपिल गरे ।
 
“भगवान् श्रीरामको जन्मभूमि अयोध्या दर्शन गर्नेले माता सीताको जन्मस्थल जनकपुरको पनि दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेकाले जनकपुरको प्रचारप्रसार आवश्यक रहेकोमा उनको जोड थियो ।
 
जनकपुर आउने पर्यटकलाई राम्रो सेवा दिनु हाम्रो कर्तव्य हो, त्यसमा हामी पछि पर्नु हुन्न, पटकपटक पर्यटक आउने वातावरण बनाउनका लागि जनकपुरको सरसफाइ तथा गुणस्तरीय खाना र  धर्मशालाको मर्मतसम्भार आवश्यक रहेको उनले बताए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.