logo

पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१  भुमिहिनलाई लालपुर्जा दिन्छौः अध्यक्ष अहमद

 इसीमाना सम्बाददाता     २०८१ चैत २८ गते ०८: ४२ मा प्रकाशित     1215   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जमा भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तवरेज अहमदले पहिलो चरणमा पर्सागढी नगरपालिकाका ४ सय ७१ जना भुमिहिनहरुलाई लालपुर्जा बितरण गरिने बताएका छन । 


वीरगञ्जमा भुमि समस्या समाधान आयोग पर्साको विहिवार सम्पन्न बैठकमा उनले तीन महिने कार्ययोजना प्रस्तुत गर्दै यस्तो तबाएका हुन ।  उनले कार्ययोजनालाई अभियानको रुपमा संचालन गरिने बताए ।

 तीन महिने एक्शन प्लान नाम दिएर अभियान चलाउने गरि आयोग अगाडि बढेको उनले बताए । आयोगको बैठकलाई समबोधन गर्दै केन्द्रीय आयोगका सदस्य आरती भण्डारीले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधान गर्ने यो अन्तिम आयोग हुने बताइन ।

 उनले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधान गर्ने गरि नै आयोगले काम गरिरहेको स्पक्ष्ट पारिन ।


उनले कानुनी जटिलतालाई समाधान गरि नेपालभरिका सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा बितरण गरिने बताइन ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले  दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुका लागि ऐक्सन प्लान अभियानले लालपुर्जा दिने बताए  ।

उनले आयोगले संचालन गरिरहेका अभियानमा पूर्ण सहयोग गर्नुपर्ने बताउँदै, गरिब निमुखाको हकमा काम गर्न र समस्या समाधान गर्ने तर्फ आफु अग्रसर रहेको बताए ।

 

बैठकमा सदस्य शिव नारायण राम, बिज्ञ सदस्य सन्तोष कुमार पासवान, जिल्ला समन्वय समितिको कार्यालय पर्साका प्रतिनिधि सुमित सिंह, भुमि तथा मालपोत कार्यालय पर्सा प्रमुख असोक भट्टराई, विनय श्रीवास्तव डिविजन वन कायाएलय पर्साका प्रतिनिधि  सन्दिप पटेल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दिपक कुमार पटेल लगायतको सहभागिता रहेको थियो ।   । कार्यक्रमको सहजीकरण भुमि समस्या समाधान आयोग पर्साका सदस्य सचिव राकेश कुमार झाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.