logo

कोरोना कहरमा अक्सिमिटरको कालोबजारी गर्ने तिवारी प्रहरी हिरासतमा

      5/8/2021 गते 00 00 मा प्रकाशित     620   पटक पढिएको

कोरोना महामारीको समयमा बढी मूल्यमा अक्सिमिटर विक्री गर्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका १६ नगवा निवासी ३२ वर्षीय रामहरि तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

बन्दाबन्दीको समयमा पल्स चेकजाँच गर्ने अक्सिमिटर कालोबजारी गरि बढी मूल्यमा विक्रि गरेको सूचनाको आधारमा तिवारीलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

 

आफनै घरमा रहेको औषधि पसलबाट एक हजार नौ सय मूल्य पर्ने अक्सिमिटरलाई तीन हजार पाँच सय भन्दा बढी मूल्यमा कालोबजारी गरि विक्रि गरेको सूचनाको आधारमा १२ थान अक्सिमिटर सहित तिवारीलाई पक्राउ गरिएको प्रवक्ता खनालले जानकारी दिनुभयो ।

 

तिवारीलाई प्रहरी नियन्त्रणमा राखी कालोबजारी सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

प्रदेशमा जसपा, संघमा बिपक्षीको अवरोधका कारण प्रदेशसभा र प्रतिनिधि सभाको बैठक स्थगीत

जनकपुरधाम  ।  जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.