logo

बैशाख १ गतेदेखी कलैयाको बसपार्क ब्यवस्थित रुपमा संचालनमा ल्याइने

 इसीमाना सम्वाददाता     २०८१ चैत ६ गते ०९: ५१ मा प्रकाशित     492   पटक पढिएको

कलैया  । कलैया उपमहानगरपालिकाले वडा नं.४ मा रहेको बसपार्क व्यवस्थित तरिकाले संचालन गर्ने भएको छ।

त्यहां रहेको भौतिक संरचना थप व्यवस्थित गर्दै बसपार्कबाटै यात्री चढाउने र ओराल्ने कार्य आगामी बैशाख १ गतेदेखी हुने जनाइएको छ।

नगर प्रमुख बिनोद साहको अध्यक्षतामा बुधवार नगरपालिकाको सभाहलमा बसेको सर्वपक्षिय बैठकले चैत्र मसान्त भित्र बसपार्क संचालनका लागि आवश्यक तयारी पुरा गरि बैशाख १ गतेदेखी बिधिवत रुपमा बसपार्क संचालनमा ल्याउने निर्णय गरेको छ । ।

कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि, जिल्लाका सुरक्षा नकायका प्रमुखहरु, बस तथा अन्य यातायात व्यवसयी संघ लगायतका प्रतिनिधि सम्मिलित बैठकले बसपार्क भित्र टिकट काउण्टर राख्ने, गाडी ईन्ट्री गर्ने तथा त्यसको रेकर्ड राख्ने र ती सबै कार्यकालागि नगर कार्यपालिकाले बसपार्क संचालन कार्यबिधि  बनाउने निर्णय गरेको छ।

सर्वपक्षिय बैठकमा नगर प्रमुख बिनोद साहले नगरभरी छरिएर रहेको ई(रिक्सा तथा अन्य साना सवारीहरुलाई रुट अनुसार संचालन गर्ने र भाडा निर्धारण गर्ने तयारी गरिरहेको बताए। उनले ती सवारीहरुलाई अनिवार्य रुपमा उपमहानगर कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था गर्न लागिएको बताए।


बैठकमा बो बाराका प्रमुख जिल्ला अधिकारी बसंत अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, बस व्यवसायी, रिक्सा, साना सवारी व्यवसायी लगायतकाको प्रतिनिधि सहभागी रहेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.