logo

बैशाख १ गतेदेखी कलैयाको बसपार्क ब्यवस्थित रुपमा संचालनमा ल्याइने

 इसीमाना सम्वाददाता     २०८१ चैत ६ गते ०९: ५१ मा प्रकाशित     610   पटक पढिएको

कलैया  । कलैया उपमहानगरपालिकाले वडा नं.४ मा रहेको बसपार्क व्यवस्थित तरिकाले संचालन गर्ने भएको छ।

त्यहां रहेको भौतिक संरचना थप व्यवस्थित गर्दै बसपार्कबाटै यात्री चढाउने र ओराल्ने कार्य आगामी बैशाख १ गतेदेखी हुने जनाइएको छ।

नगर प्रमुख बिनोद साहको अध्यक्षतामा बुधवार नगरपालिकाको सभाहलमा बसेको सर्वपक्षिय बैठकले चैत्र मसान्त भित्र बसपार्क संचालनका लागि आवश्यक तयारी पुरा गरि बैशाख १ गतेदेखी बिधिवत रुपमा बसपार्क संचालनमा ल्याउने निर्णय गरेको छ । ।

कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि, जिल्लाका सुरक्षा नकायका प्रमुखहरु, बस तथा अन्य यातायात व्यवसयी संघ लगायतका प्रतिनिधि सम्मिलित बैठकले बसपार्क भित्र टिकट काउण्टर राख्ने, गाडी ईन्ट्री गर्ने तथा त्यसको रेकर्ड राख्ने र ती सबै कार्यकालागि नगर कार्यपालिकाले बसपार्क संचालन कार्यबिधि  बनाउने निर्णय गरेको छ।

सर्वपक्षिय बैठकमा नगर प्रमुख बिनोद साहले नगरभरी छरिएर रहेको ई(रिक्सा तथा अन्य साना सवारीहरुलाई रुट अनुसार संचालन गर्ने र भाडा निर्धारण गर्ने तयारी गरिरहेको बताए। उनले ती सवारीहरुलाई अनिवार्य रुपमा उपमहानगर कार्यालयमा दर्ता हुनुपर्ने व्यवस्था गर्न लागिएको बताए।


बैठकमा बो बाराका प्रमुख जिल्ला अधिकारी बसंत अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, बस व्यवसायी, रिक्सा, साना सवारी व्यवसायी लगायतकाको प्रतिनिधि सहभागी रहेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.