logo

फोनीज मधेशद्वारा चार पत्रकार कृयाशील पत्रकारीता पुरस्कार बाट पुरस्कृत

 इसीमाना सम्वाददाता     २०८१ फागुन १७ गते ०५: १६ मा प्रकाशित     540   पटक पढिएको

कोल्हवी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशद्वारा चारजना पत्रकार पुरस्कृत भएका छन् ।

फोनिज मधेस प्रदेशले आफ्नो पाँचौ साधारण सभामा पत्रकारलाई पुरस्कृत गरेको हो ।  सञ्चारकर्ममा  लामो समयदेखि कार्यरत बाराका पत्रकार सत्य प्रसाद श्रेष्ठ र सामुदायिक रेडियो सर्लाहीमा कार्यरत रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।


त्यस्तै अर्को क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कार गोरखापत्र दैनिकको जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरी र पूर्वेली दृष्टि साप्ताहिकका सम्पादक तथा पब्लिक प्रेस दैनिकका सहसम्पादक एवम् प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राईलाई प्रदान गरिएको छ । चारैजनालाई फोनिजको मधेस प्रदेशको पाचौं साधारणसभामा प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पुरस्कार प्रदान गरेका थिए ।

जनही १०–१० हजार नगद, दोसल्ला र अविर माला सहित पुरस्कृत गरिएको थियो ।

फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षतामा बाराको कोल्हवी नगरपालिकामा भएको साधारणसभा बन्दसत्रबाट सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सहित महात्वपूर्ण निर्णय गरेर समापन हुने फोनिज प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगरले बताए ।

यसैबीच सम्मानित बाराका अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठले आफूले पाएको नगद पुरस्कार फोनिज बारालाई हस्तान्तरण गरेका छन् ।

 

फोनीज बारा मार्फत उत्कृष्ठ पत्रकारलाई पुरस्कार दिने प्रवन्ध मिलाउन आग्ह गर्दै उक्त रकम सहयोग स्वरुप उपलब्ध गराएको पुरस्कृत पत्रकार श्रेष्ठले बताए ।


फोनीज मधेश प्रदेशको पाँचौ साधारमा सभामा मधेश प्रदेशका सदस्य देवनारायण चौधरी, त्रिलोकी चौधरी,मन्जु थापा, फोनीजका संघीय उपाध्यक्ष लक्की चौधरी, अमरध्वज लामा, महासचिव समीर बलामी,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी.लामिछाने, केन्द्रीय सदस्य सिकेन्द्र पासवान,मधेश प्रदेशका अध्यक्ष शयाम बन्जारा, बाराका अध्यक्ष रमेश सुवेदी, तमाङ पत्रकार संघका केन्द्रीय सदस्य राजु लो,फोनीज धनुषाका अध्यक्ष अर्जुन मण्डल लगायतले शुभकामना ब्यक्त गरेका थिए । 


कार्यक्रमको संचालन फोमीजका महासचिव बृजमान तमाङले गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.