logo

मिथिला मध्यमा परिक्रमाका यात्रुहरुकालागि हेल्पडेस्क सञ्चालन

 इसीमाना सम्वाददाता     २०८१ फागुन १६ गते ०७: ५० मा प्रकाशित     303   पटक पढिएको

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्न हेल्पडेस्क सञ्चालन गरिएको छ ।

१५ दिने परिक्रमामा बिहीबारदेखि हेल्पडेस्क सञ्चालन गरिएको हो । हेल्प डेस्क नेपाल तर्फ पर्ने ११ स्थानमा संचालन गर्ने क्लोथ बैंकको कार्यालय सचिव कृष्ण कुमार साहले बताए । 

 

कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्ण कुमार साह, क्लोथ बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानी आदित्य झा, तथा धनेश्वर ठाकुरको विशेष उपस्थिति रहेको  हेल्प डेस्कका सहसंयोजक रुबी झाले जानकारी दिइन । सिअहेब दिलीप मिश्रसहित अन्य सदस्यहरूले यात्रुहरूलाई स्वागत गर्दै स्वास्थ्य जाँच तथा आवश्यक सामग्रीहरू वितरण गरेका थिए ।

कार्यक्रमकम तथा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डॉ. राजीव झाले मिथिला मध्यमा परिक्रमाको उद्देश्य तथा यसको सांस्कृतिक एवं धार्मिक महत्वबारे प्रकाश पारेका थिए ।

संस्थाद्वारा प्रत्येक वर्ष परिक्रमा यात्रुहरूलाई आवश्यक स्वास्थ्य सहयोग, पानी, बेपत्ताहरुको खोजतलास तथा अन्य सुबिधाहरु उपलब्ध गराईदै यात्रालाई सहज बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको संस्थाको प्रवक्ता संचारकर्मी प्रमोद कुमार साहले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.