logo

राष्ट्रिय विभूतिको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ फागुन १० गते ११: १२ मा प्रकाशित     1167   पटक पढिएको

सीमरा । बाराको डुमरवानामा रहेको राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले २३औं वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रम गरि शनिबार सम्पन्न गरेको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काप्mलेले उद्घघाटन गरेको कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले सांगीतिक प्रस्तुति एवं विभिन्न लोक संस्कृती झल्किने नृत्य प्रस्तुत गरेका थिए । 


छात्रछात्राहरुको पाक कलाको प्रवद्र्धन तथा उनीहरुलाई प्रोत्साहन गर्न कार्यक्रम स्थलमा फुड स्टल लागाइएको थियो ।

आ आफ्नो भेषभुषामा सजिएर थारु, नेवारी लगाएत विभिन्न थरिका परिकार सहित स्टल भ्रमण गर्ने र स्वादिष्ट खाजा खानेहरुको भिडले विद्यार्थीहरु उत्साहित  भएका थिए । 

May be an image of 4 people and text that says 'TintiMinti ChidhanBhuyiga በትፍም STALL STALLNO-3 NO-3'
वार्षिकोत्सव समारोहका अवसरमा विद्यालयले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले खेलकुदसहित विभिन्न रचनात्मक कार्यक्रम समेत सम्पन्न गरेको छ ।

विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा वाइवा, डुमरवाना बहुमूखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, जीतपुरसिमरा १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, जनता माध्यमिक विद्यालय रजघट्टाका प्रधानाध्यापक राजुप्रसाद अधिकारी, विभूति एजुकेशन नेटवर्कका निर्देशक श्यामप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।


राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनका अध्यक्ष विदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक किशोर श्रेष्ठले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

बीपीसीको डिजिटल छलाङ, आफ्नै जनशक्तिबाट ERP–LMS सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज पब्लिक कलेज (बीपीसी) ले डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट विकास गरेको ईआरपी–एलएमएस  प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.