logo

मधेशको मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार देखिएनः नेपाल वर्ष पुस्तक २०२५को प्रतिवेदन

 इसीमाना सम्वाददाता     २०८१ फागुन ८ गते १२: ५७ मा प्रकाशित     245   पटक पढिएको

जनकपुरधाम । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ लोकापर्ण भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संघीय राजधानी सहित देशका सातै प्रदेशका राजधानीबाट मानव अधिकार वर्ष पुस्तक लोकार्पण गरेको हो । 


मानव अधिकार वर्ष पुस्तकमा भएको अभिलेख अनुसार मधेशको ानव अधिकारको अवस्थामा कुनै सुधार भएको पाइएको छैन ।

मधेस प्रदेशमा मानव अधिकार उल्लंघनका घटनामा अपेक्षाकृत सुधार नआएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ ले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको अभिलेख अनुसार  सन् २०२४ मा राज्य पक्षबाट ५० जना (११ महिला, ३९ पुरुष) र अन्य पक्षबाट २,३४९ जना )२,२२५ महिला, १२४ पुरुष) पीडित भएका छन्।


बाल अधिकार उल्लंघन अन्तर्गत १३० भन्दा बढी बालिका बलात्कार, २२ बालिका तथा १ बालक यौन दुर्व्यवहार, १६ जना बालबालिका बेचबिखन तथा ४ जना बालविवाहका सिकार भएका छन्। गत वर्षको तुलनामा बाल अधिकार उल्लंघनका घटना बढेका छन्।

महिला अधिकार उल्लंघन मा २,०२२ जना महिला पीडित, जसमा बलात्कार (९८), बलात्कार प्रयास (६५), दाइजो (१९१), घरेलु हिंसा (१,५४७), बहुविवाह (६०) र साइबर अपराध (६) घटनाहरू प्रमुख रहेका छन्। साथै, १८ जना महिलाको हत्या परिवारकै सदस्यबाट भएको प्रतिवेदनमा उल्लेख छ।

मानव अधिकार उल्लंघनको सूचकांक अनुसार वागमती प्रदेश पहिलो (६६.१८), लुम्बिनी दोस्रो (४१.८६) र मधेस तेस्रो (३७.१७) स्थानमा रहेको छ। तथापि, अपहरण, हत्या र धम्की सम्बन्धी घटनामा मधेस प्रदेश पहिलो स्थानमा रहेको छ।

प्रतिवेदन अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा केही सुधार भए पनि मानव अधिकार उल्लंघनका घटनामा कमी आउन सकेको छैन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.