logo

मुर्ली चोकदेखि बाइपास निस्कने सडक छेउका संरचना १५ दिनभित्र हटाउन महानगरको सूचना

 इसीमाना सम्वाददाता     २०८१ माघ ५ गते ०६: ०५ मा प्रकाशित     457   पटक पढिएको

वीरगंज ।  वीरगंज महानगरपालिका वडा नं. १२ र १३ को साँधमा पर्ने मुर्ली चोक देखि पूर्व तर्फ जाने सडकको अतिक्रमण हटाउन पूनः सूचना सार्वजनीक गरेको छ । सडक स्तरोन्नती गर्न भन्दै महानगरपालिकाले सूचना जारी गरेको हो ।

सडक स्तरोन्नती गरी १० मिटर फराकिलो बनाउने गरी निर्माण कार्य गर्नु पर्ने भएकाले सडकको केन्द्रबाट दायाँबायाँ ५र५ मिटर भित्र निर्माण भएका संरचना हटाउन महानगरले सूचना जारी गरेको छ । 


बाटो साँघुरो हुँदा विपतका बेला एम्बुलेन्स तथा दमकल समेत ओहोरदोहोर गर्न समस्या भएको भन्दै सडक स्तरोन्नती गरी फराकिलो बनाउन स्थानीयले पटक पटक माग गर्दै आएका छन् ।

 सडक छेउमा बनाइएका संरचना अनुमति बेगर नै बनेकाले आफैले हटाएर सडक स्तरोन्नतीका लागि सहयोग गर्न महानगरपालिकाले सबैमा अपिल गरेको हो ।


महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जारी गरेको सूचनामा १५ दिन भित्र सडक छेउमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाइसक्न भनिएको छ ।


‘उक्त बाटोको साँधमा पर्ने जग्गा धनीहरुबाट प्रमाण पेश हुन आउँदा नक्सा पास नगराई संरचनाहरु अवैध रुपमा निर्माणहरु गरिएकोले हटाउन भनिएको हो ।  


मुर्ली चोकदेखि नेपाल आयल निगमको क्षेत्रीय कार्यालय बाइपास निस्कने उक्त बाटो मध्ये चोकतर्फबाट सबाह अन्सारीको घरसम्म साँघुरो छ ।

 त्यस पछि बाइपाससम्म भने यस अघि नै निर्माण भइसकेको छ । मुर्लीचोकदेखि सबाह अन्सारीको घरसम्मको सडक स्तरोन्नतीका लागि महानगरले शुक्रबार सूचना जारी गर्दै १५ दिन भित्र सडकको साँधमा निर्माण गरिएका संरचना हटाई सडक फराकिलो बनाउने कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.