logo

पत्रकार श्रेष्ठ स्व.गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत

 इसीमाना सम्वाददाता     २०८१ माघ १ गते ०३: ३८ मा प्रकाशित     273   पटक पढिएको

वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको हो ।

नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष तथा वीरगञ्जका पूर्व मेयर स्व.गिरीको स्मृतिमा स्थापित ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार पत्रकार श्रेष्ठलाई प्रदान गरिएको हो।

 

मंगलबार  पत्रकार महासंघ पर्साको कार्यालयमा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पत्रकार श्रेष्ठलाई दोशल्ला ओढाएर कदरपत्र र ५१ हजार रुपैयाँको चेक प्रदान गरे।पुरस्कृत पत्रकार श्रेष्ठ कान्तिपुर टेलिभिजनमा कार्यरत छन्।


स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो ।

 

उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले स्व.गोपाल गिरीको परिवारसँगको सहकार्यमा स्थापीत ५१ हजार राशीको उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गर्दै आएको छ ।

यो पुरस्कारबाट यसअघि पर्साका पत्रकारहरु के.सी. लामिछाने, ओमप्रकाश खनाल ,मुकुन्द आचार्य ,श्याम बन्जारा,  बृजलाल पासवान,शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, राजु श्रेष्ठ,कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।

मंगलबार पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता तथा मन्त्री क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी,लेखा समिति संयोजक के.सी. लामिछाने, स्व.गिरीका सुपुत्र गिरिश गिरी,पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान,पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतकाकोपनि सहभागिता थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.