logo

थारु संग्राहलय निर्माणकालागि बजेट बिनियोजन गर्ने मधेशका मुख्यमन्त्री सिंहको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १ गते ०७: १८ मा प्रकाशित     318   पटक पढिएको

राजबिराज ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले सप्तरीमा थारु संग्राहलय निर्माणका लागि आबश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

सप्तरीको बोदेबर्साइन नगरपालिका २ नेङ्गडामा शनिबार थारु कल्याणकारिणी सभा सप्तरीले आयोजना गरेको समाचकेवा महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन। 

 मुख्यमन्त्री सिंहले सबैभाषा, धर्म,  संस्कृति संरक्षणका लागि आबश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

 थारु समुदायको पहिचान र कला संस्कृति जगेर्नाका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था गर्ने बताउँदै उनले सप्तरीकै पायक पर्ने कुनै स्थानमा जग्गा उपलब्ध गराउन आग्रह गरे ।


साँस्कृतिक संरक्षणका लागि भव्य कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा महोत्सवका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिए । 

सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित साँसद अनिरुध्द प्रसाद सिंह यादवले संविधान बनाउनेले नै संविधानको पालन नगरेको  आरोप लगाए ।

उनले थारु आदिवासी जनजाति मधेसी लगायत जाति समुदायको एकतामा विचलन ल्याउन प्रमुख राजनीतिक दलले नै संविधान उल्लंघन गरेको बताए । 


थारु कल्याणकारीणी सभा सप्तरीका अध्यक्ष भुपेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादव, अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव ,


यसैगरी थारु, भाषा संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष बुधसेन चौधरी, बोदेबर्साईन नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामप्रसाद राम, अधिवक्ता भागवत चौधरी, थाकस सप्तरीका पूर्व सल्लाहकार निरन्जन चौधरी लगायतकाले समेत मनतव्य व्यक्त गरे । 


कार्यक्रममा राष्ट्रिय कलाकार ममता चौधरी,सिमा चौधरी,स्वस्तिका चौधरी, भावना चौधरी लगायत स्थानीय कलाकारहरुले  प्राचीन थारु संस्कृति,कला झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 


थारु कलाकार प्रमोद  थारु  र थारु नेता रमाकान्त चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत थाकस सप्तरीका उपसभापति राम प्रसाद चौधरीले गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.