logo

छठ पूजाकालागि घडीअर्वा पोखरीको तयारी पुरा , सुरक्षाकालागि २२ ठाउमा सीसी क्यामरा जडान

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक २१ गते ०६: ०४ मा प्रकाशित     340   पटक पढिएको

बीरगंज । बीरगंजको घडीअर्वा पोखरी लोक आस्थाको महान पर्व छठ पूजाकालागि तयार भएको छ ।

 

छठपूजा व्यवस्थापन समितिले मंगलवार  पत्रकार सम्मेलन गरि यस बारे जानकारी दिएको हो । यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १८ लाख ४४ हजार रुपैया खर्च हुने अनुमान गरिएको आयोजकले बताए ।

 टेण्टपण्डालमा ७ लाख ८१ हजार , परिसर बाहिरको बत्ती सजावटमा ९० हजार , भिडियो ग्राफीमा ३५ हजार , पुरस्कारमा ४ लाख ८४ , सरसफाइमा ७५ हजार रुपैया खर्च हुने समितिका कोषाध्यक्ष कन्हैया गुप्ताले जानकारी दिए।

छठपुजा सुरक्षाकोलागि पोखरीको चारै तिर गरि  २२ ठाउमा  सिसिटिभी जडान गरिने एवं नगर प्रहरी , जनपद प्रहरी, सशस्त्र  प्रहरीको सहित १ सय सुरक्षाकर्मी परिचालन हुने छ । स्वयं सेवक ४० जना परिचालन गरिने र पोखरिमा डुङ्गा संचालन गर्ने समितिका अध्यक्ष दिप कुमार साहले बताए । 

गत वर्षको छठमा छठघाट सजावट र ब्यवस्थापनमा १६ लाख २८ हजार ४५२ रुपैयाँ खर्च भएको थियो भने  ७ लाख १० हजार रुपैयाँ बचत भएको   कोषाध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

पूजाकालागि सवजावट तथा अन्य ब्यवस्थापकीय कामकालागि स्रोत परिचालन बारे पनि पत्रकार सम्मेलनमा  जनाकारी गराईएको थियो । बीरगंज महानगरपालिकाको सहयोगमा र टिकट बिक्री बाट आएको रकम एवं २५० को नगदी सहयोग चिट्ठा बाट रकम संकलन गरिने बताइएको छ । चिठ्ठामा पुरस्कारहरु  इलेक्ट्रोनिक स्कुटर , एलइडि टिभी, पंखा, फ्रीज , वासिङ् मेसिन  राखिएको छठपुजा ब्यवस्थापन समितिका अध्यक्ष साहले जानकारी गराए ।  


सो पत्रकार सम्मेलनमा  वडा अध्यक्ष सुशील कुमार साह , उपाध्यक्ष राकेश कुमार साह , सचीव लखनलाल गुप्ता, सहसचीव प्रभाकर कुमार गुप्ता ,सहकोषाध्यक्ष संजय कुमार साह , क्रान्ति साह घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु,उपाध्यक्ष मनोहर साह कानु,सचिव सन्तोष गुप्ता रनन्दु साह लगायतको सहभागीता थियो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.