logo

ठोरी र बीरगंजमा नेपाल सम्वत ११४५ को अवसरमा बिभिन्न कार्यक्रमको आयोजना सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १७ गते ०६: ३० मा प्रकाशित     293   पटक पढिएको

ठोरी ।नेपाल सम्वत् ११४५ को अवसरमा नेवार समुदायले मोटरसाइकल र्याली सहित कार्यक्रम सम्पन्न गरेका छन।

नेपाल संवत अनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन सुरु हुने नयाँ वर्षको अवसर पारेर नेवा खलः ठोरी गाउँपालिका ले  सुवर्णपुरदेखि ठोरीको पर्यटकीय क्षेत्रका रुपमा परिचित राईधारासम्म मोटरसाईकल ¥याली निकालेको हो 

 

कार्यक्रममा सहभागीहरुले नेवारी पहिचान झल्कने पोषाक र न्हुँ दया भिन्तुना लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। ¥याली सुवर्णपुरबाट मालीवस्ती , विजयवस्ती, निर्मलबस्ती , ब्रम्हानगर , बुद्धनगर , रामनगर हुँदै ठोरीकोठुटेखोला किनारमा रहेको राईधारामा गएर समापन भएको थियो ।

कार्यक्रममा  ठोरी गाउँपालकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ , पुर्व अध्यक्ष पदमलाल श्रेष्ठ , उपाध्यक्ष गोकुली कुमारी रेग्मी , ठोरी –४ का वडाध्यक्ष मान बहादुर थिङ ,नेपाली काङ्ग्रेस ठोरी सभापति सन्तोष श्रेष्ठ, नेपाल शिक्षक महासंघ ठोरी अध्यक्ष अमृत श्रेष्ठ लगायत ठोरीका नेवार समुदाय एवम् गैर नेवार समुदायका अगुवाहरु एवम् युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेवार समुदायमा प्रचलित म्हः पुजाको दिनदेखि नेपाल सम्वतको नयाँ बर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष ठोरीमा कार्यक्रम गरिदैँ आएको छ ।

यसैगरि नेपाल सम्वत ११४५ को अवसरमा वीरगञ्जमा –याली निकालिएको छ ।

नेपाल सम्वत ११४५ समारोह समितिको आयोजनामा वीरगञ्जको चिल्ड्रेन पार्कबाट निकालिएको –याली मकालु होटलको चोक हुँदै माईस्थान पुगेर पुनः फर्किएर वीर्ता स्थित शंखधर साख्वाँको शालिकमा माल्यार्पण गरि समापन भएको छ ।

WhatsApp-Image-2024-11-02-at-12.53.51-PM.jpeg?fit=1200%2C628&ssl=1
समारोह समितिका संयोजक सुन्दर श्रेष्ठको नेतृत्वमा निकालिएको –यालीमा  खानेपानी मन्त्री प्रदीप यादव, मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक  शाक्य, वीरगन्ज महानगरका मेयर राजेशमान सिंह लगायत वीरगन्जमा बसोवास गर्ने नेवार समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

–याली अघि चिल्ड्रेन पार्कमा नेवारी संस्कृति अनुसार टीका र ध्वजा लगाई सगुन प्रसाद ग्रहण गरि शुभकामना आदानप्रदान गरिएको थियो ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.