logo

भन्सार छलीका सामानसहित भारतका दास पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १४ गते ०६: ३९ मा प्रकाशित     118   पटक पढिएको

वीरगन्ज । रौतहट प्रहरीले भन्सार छलीका सामानसहित भारत विहार मोतिहारी जिल्ला श्रीपुर पञ्चायतका गोविन्द दासलाई पक्राउ गरेको छ । उनलाई  जिल्लाको बौधीमाइ नगरपालिकाबाट प्रहरीले पक्राउ गरेको हो । 

भन्सार छलीका ६९ हजार ५० रुपैयाँ बराबरको भन्सार छलीका कस्मेटिक सामान र लत्ताकपडा बरामद गरेको प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।


विशेष सूचनाको आधारमा भन्सार छलीका सामानसहित दासलाई पक्राउ गरिएको प्रहरी दाबी छ । उनको साथबाट प्रहरीले भारतीय नम्बरको बीआर शून्य पाँच एल ६७१९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

बरामद सामानसहित मोटरसाइकल र दासलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.