logo

घटस्थापनाको दिनमा बीरगंज ,रंगपुर लगायतका बिभिन्न ठाउमा कलश यत्रा सम्पन्न,नवरात्रीको पूजा धुमधामले गरिने

 इसीमाना सम्वाददाता     २०८१ असोज १७ गते ०६: ४२ मा प्रकाशित     531   पटक पढिएको

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडा दसैँको पहिलो दिन बिहिवार घटस्थापनाका अवसरमा वीरगञ्जसहित सम्पूर्ण देशभर विशेष पूजापाठका कार्यक्रम सम्पन्न भएका छन् ।

May be an image of 8 people, temple and text

नौ दिन सम्म सफा र चोखो बसेर पूजा गरिने भएकोले बिहिवारबाट नवरात्री पनि प्रारम्भ भएको छ । मधेश प्रदेशमा नवरात्रीको महत्व निकै रहेको छ । घटस्थापनाको दिन पर्साको वीरगञ्जलगायतका विभिन्न स्थानमा कलश यात्रा गरेर उल्लासमय वतावरणमा कलश स्थापना गरिएको छ ।

विशेष गरी वीरगञ्जको रानीघाट, घण्टाघर, घडिअर्वा, नगवा, प्रतिमा चोक, छपकैयालगायतका क्षेत्रहरूबाट बिहानै वृहत् कलश यात्रा निकालियो ।

May be an image of 1 person and crowd

पर्सा जिल्लाका सम्पूर्ण स्थानीय तहका माता भगवती तथा दुर्गा मन्दिरहरूबाट निस्किएको कलश यात्रामा हजारौँ श्रद्धालुहरूको सहभागिता रहेको थियो ।

May be an image of 5 people, temple and text

त्यस्तै बारास्थित गढीमाई पञ्चवर्षिय मेलाका लागि पनि बिहिवार नै शोभा यात्रा सुरु भएको छ । आगामी मंसिरमा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाका लागि विहानदेखि भव्य शोभा यात्रा निकालिएको हो ।

gadhimai1.jpg

हात्ती, घोडा उटँ, झाकी दुलदुल घोडा, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरुसहित शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिले जानकारी दिएको छ ।

शोभा यात्रामा ५० हजार भक्तजनहरुको सहभागीता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाए ।

gadhimai2.jpg
त्यस्तै पटेर्वा सुगौलीको रंगपुरमा पनि कलश यात्रा सम्पन्न भएको छ । सखुवा प्रसौनीको घुसुकपुरमा दुर्गा माताको प्रतिमा बनाई बिशेष पूजा गरिने पूजा समितिका अध्यक्ष शंकर महतोले बताएका छन ।


रंगपुर र घुसुकपुरको वीचमा निर्माण गरिएको दुर्गामाताको प्रतिमाबाट कलश यात्रा शुरु भएको कोषाध्यक्ष दौलत यादवले बताए ।

May be an image of 2 people, people smiling and temple
पुजा ब्यवस्थापनकालागि श्रद्धाजुल भक्तजनबाट चन्दा सहयोग संकलन गरिएको र त्यही रकमबाट पूजा ब्यवस्थापन गरिने आर्थिक समितिका संयोजक नागेन्द्र रामले बताए । पूजामा रंगपुर बजार र घुसुकपुरका नागरिकको सहभागिता रहने समितिका सदस्य बिजय पटेलले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी  छात्रालाई पोशाक बितरण, बिद्यालय आउन उत्प्रेरण जाग्ने अध्यक्ष यादवको बिश्वास

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गाउँपालिकाको सहयोग र विद्यालयको आयोजनामा छात्रा पोशाक वितरण तथा दीपावली र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँका विभिन्न स्थानमा  दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध

काठमाडौ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.