logo

नेपाली भूमी प्रवेश गर्ने साधु सन्तलाई प्रवेशद्वारमा भब्य स्वागत, धार्मिक पर्यटनको प्रर्वद्धनमा ध्यान दिन राज्यलाई अध्यक्ष पन्तको आग्रह

 इसीमाना सम्वाददाता     २०८१ असोज ११ गते ०२: ४७ मा प्रकाशित     537   पटक पढिएको

बीरगंज। पर्यटन दिवसको अवसरमा बीरगंजमा नेपाल प्रवेश गर्दै गरेका भारतीय साधु सन्तलाई नेपाली भूमीमा स्वागत गरिएको छ ।

 

उनीहरुलाई स्वागत गर्दै ४५ औं पर्यटन दिवस मनाइएको हो । बीरगंज भएर जनकपुर जानकालागि भारतीय बजार रक्सौलबाट शंकराचार्य प्रवेशद्वार हुदै नेपाल प्रवेश गरेका साधु सन्तलाई प्रवेशद्वारमै टीका र माला लगाई दही र जुस खसवाएर स्वागत गरिएको हो ।


बीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुले शुक्रवार बीरगंजको शन्कराचार्य गेटमा औपचारिक कार्यक्रम गरेर पर्यटक हरुको स्वागत गरेका थिए ।


स्वागत गरिएका पर्यटकहरुलाइ ब्यबसायी हरुले गन्तब्य सम्म जान पुग्न भाडाको समेत ब्यबस्थापन गरि दिएका थिए ।

 

बीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुले पर्यटन दिवसको अवसर पारेर नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली भूमीमा प्रवेश गर्ने बित्तिकै स्वागत गरे पर्यटन दिवस मनाइएको हो संघ अध्यक्ष हरि पन्तले बताए ।

 

अब राज्यको महत्त्वमा धार्मिक पर्यटन पर्नु पर्ने होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्ले बताए ।

 

पशुपतिनाथ , जनकपुर ,गढिमाइ र मुक्तीनाथ जस्ता पबित्र धार्मिक स्थलहरु मुलुकमा प्रशस्त रहे पनि राज्यले भने त्यस्ता धार्मिक पर्यटकीय स्थलहरुको प्रबर्द्धन र प्रचार प्रसारमा ध्यान नदिएकोमा पन्तले गुनासो समेत गरे।

 

राज्यको ध्यान तान्नकै लागि पनि आज पर्यटन दिबसको अबसर पारेर धार्मिक पर्यटक लाई महत्वका साथ स्वागत गरिएको अध्यक्ष पन्तले बताए । उनले सम्भावना धेरै भए पनि नेपालको धार्मिक पर्यटन ओझेलमा परेको बताए ।

 

बीरगंजको शन्कराचार्य प्रवेशद्वारमै संघका अध्यक्ष हरि पन्तको सभापतित्व सम्पन्न उक्त पर्यटक सम्मान कार्यक्रममा नेपाल पत्रकार महासङ्हका केन्द्रिय सचीव दिपेन्द्र चौहान , पर्सा शाखाका उपाध्यक्ष युबराज खडका , दिलिप कार्की लगायतले सम्बोधन गरेका थिए ।

 

कार्यक्रममा ससस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , पर्यटन प्रहरीको टोलिका साथ होटल तथा पर्यटन ब्यबसायी संघका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिव माधब बस्नेत सचिब सन्दीप बस्नेत हिरा श्रेष्ठ कुबेर कार्की लगायत का होटल तथा पर्यटन ब्यबसायिहरु र सन्चारकर्मी हरुको उपस्तिथि थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.