logo

नेपाली भूमी प्रवेश गर्ने साधु सन्तलाई प्रवेशद्वारमा भब्य स्वागत, धार्मिक पर्यटनको प्रर्वद्धनमा ध्यान दिन राज्यलाई अध्यक्ष पन्तको आग्रह

 इसीमाना सम्वाददाता     २०८१ असोज ११ गते ०२: ४७ मा प्रकाशित     432   पटक पढिएको

बीरगंज। पर्यटन दिवसको अवसरमा बीरगंजमा नेपाल प्रवेश गर्दै गरेका भारतीय साधु सन्तलाई नेपाली भूमीमा स्वागत गरिएको छ ।

 

उनीहरुलाई स्वागत गर्दै ४५ औं पर्यटन दिवस मनाइएको हो । बीरगंज भएर जनकपुर जानकालागि भारतीय बजार रक्सौलबाट शंकराचार्य प्रवेशद्वार हुदै नेपाल प्रवेश गरेका साधु सन्तलाई प्रवेशद्वारमै टीका र माला लगाई दही र जुस खसवाएर स्वागत गरिएको हो ।


बीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुले शुक्रवार बीरगंजको शन्कराचार्य गेटमा औपचारिक कार्यक्रम गरेर पर्यटक हरुको स्वागत गरेका थिए ।


स्वागत गरिएका पर्यटकहरुलाइ ब्यबसायी हरुले गन्तब्य सम्म जान पुग्न भाडाको समेत ब्यबस्थापन गरि दिएका थिए ।

 

बीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुले पर्यटन दिवसको अवसर पारेर नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली भूमीमा प्रवेश गर्ने बित्तिकै स्वागत गरे पर्यटन दिवस मनाइएको हो संघ अध्यक्ष हरि पन्तले बताए ।

 

अब राज्यको महत्त्वमा धार्मिक पर्यटन पर्नु पर्ने होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्ले बताए ।

 

पशुपतिनाथ , जनकपुर ,गढिमाइ र मुक्तीनाथ जस्ता पबित्र धार्मिक स्थलहरु मुलुकमा प्रशस्त रहे पनि राज्यले भने त्यस्ता धार्मिक पर्यटकीय स्थलहरुको प्रबर्द्धन र प्रचार प्रसारमा ध्यान नदिएकोमा पन्तले गुनासो समेत गरे।

 

राज्यको ध्यान तान्नकै लागि पनि आज पर्यटन दिबसको अबसर पारेर धार्मिक पर्यटक लाई महत्वका साथ स्वागत गरिएको अध्यक्ष पन्तले बताए । उनले सम्भावना धेरै भए पनि नेपालको धार्मिक पर्यटन ओझेलमा परेको बताए ।

 

बीरगंजको शन्कराचार्य प्रवेशद्वारमै संघका अध्यक्ष हरि पन्तको सभापतित्व सम्पन्न उक्त पर्यटक सम्मान कार्यक्रममा नेपाल पत्रकार महासङ्हका केन्द्रिय सचीव दिपेन्द्र चौहान , पर्सा शाखाका उपाध्यक्ष युबराज खडका , दिलिप कार्की लगायतले सम्बोधन गरेका थिए ।

 

कार्यक्रममा ससस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल , पर्यटन प्रहरीको टोलिका साथ होटल तथा पर्यटन ब्यबसायी संघका बरिस्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिव माधब बस्नेत सचिब सन्दीप बस्नेत हिरा श्रेष्ठ कुबेर कार्की लगायत का होटल तथा पर्यटन ब्यबसायिहरु र सन्चारकर्मी हरुको उपस्तिथि थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.