logo

मधेशसंचार.कम को मुख्यमत्री सिंहले गरे शुभारम्भ,राष्ट्र निर्माणमा चौथो अंगलाई भूमिका निर्वाह गर्न गरे आग्रह

 इसीमाना सम्वाददाता     २०८१ असोज १ गते ०८: ३८ मा प्रकाशित     397   पटक पढिएको

वीरगन्ज । मधेशका मुख्यमंत्री सतिश सिंहले मुलुकको बिकास र प्रगतीकालागिलागि राजनीतिज्ञ, कर्मचारी, सुरक्षा निकाय मात्र होइन राज्यको चौथो अंगको पनि उतिकै भूमिका रहने बताएका छन ।

 


मुख्यमत्री सिंहले मधेशसंचार.कम अनलाइन न्यूज पोर्टलको मंगलवार जनकपुरमा शुभारम्भ गर्दै यस्तो बताएका हुन ।


उनले पत्रकारिता जिम्मेवार हुनकालागि स्वतन्त्र हुनु पर्नेमा जोड दिए । स्वतन्त्र भएर समाचार सम्प्रेषण गरे मात्र त्यसले निष्पक्षता कायम गर्ने उनले आफ्नो बिश्वास रहेको बताए ।


उनले प्रदेशमा धेरै अनलाइन मिडिया रहेको चर्चा गर्दै अव सकारात्मक समाचार प्रवाह गर्ने बेला आएको तर्फ बिचार गर्न आग्रह गरेका छन ।


उनले मधेशसंचार.कमले ओझेलमा परेका वा अन्य संचार माध्यमको उठाउन नसकेका बिषयहरु उठाउने र जनतलाई सुचित पार्ने बिश्वास ब्यक्त गरे ।


उनले राष्ट्र निर्माणको काममा पत्रकारिता पेशाको पनि योगदान हुने चर्चा गर्दै प्रदेश सरकारले सकारात्मक तथा सृजनात्मक योगदानको अपेक्षा गरेको बताए ।

 

एम.एन.एन. मिडिया हाउसद्वारा सञ्चालित अनलाइन पोर्टलको मुख्यमंत्री सिंहले मंगलबार मुख्यमन्त्री कार्यालयमा उद्घाटन गरेका हुन् ।


एक कार्यक्रमबीच ‘मधेशसञ्चार’ अनलाइन पोर्टलको बटम थिचेर मुख्यमन्त्री सिंहले शुभारम्भ गरेका थिए।

 

उद्घाटन कार्यक्रममा समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले मधेशसञ्चारलाई सफलताको शुभकामना दिएका दिएका थिए ।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै ‘मधेशसञ्चार’ डटकमका सम्पादक के.सी . लामिछानेले आफ्नो मिडियाले प्रदेशका समस्याहरुको उठान गर्ने प्रतिबद्धता जनाए ।

उनले पत्रकारिताको सत्य, सन्तुलन र बिश्वसनीयता कायम गर्ने सिद्धान्तको आलोकमा कन्टेन्ट प्रक्षेपण गरिने बताए ।

 

मधेश सञ्चारमार्फत संवैधानिक दायराभित्र रहेर पत्रकारिता गर्ने प्रतिबद्धता सम्पादक लामिछानेले व्यक्त गरे ।

 

‘मधेशसञ्चारले देश र प्रदेशको नीति नियमको सम्मान गर्दै त्यही दायरा भित्र रहेर समाचार उठाउने उनले बताए ।

 

उनले पत्रकार आचारसंहितामा रहेर लोकतन्त्रलाई थप मजबुत बनाउने गरी समाचार सम्प्रेषण गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गादी साझेदारी वन समूहका अध्यक्ष गद्दीले अवैध रुपमा काठ बेचेको आरोप राजीनामा माग्दै प्रर्दशन

वीरगंज । पर्साको  गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको राजीनामा माग्दै स्थानीय बासिन्दाले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.