logo

हरिखेतान क्याम्पस मनपरितन्त्रको मारमा,१७ लाख क्षतीपुर्ती रकम किन घट्यो

 इसीमाना सम्वाददाता     २०८१ भदौ २६ गते ०८: २४ मा प्रकाशित     470   पटक पढिएको

वीरगंज । सामुदायिक क्याम्पसको रुपमा रहेको बीरगंजको हरिखेतान बहुमुखी क्याम्पस फेरी मनपरीतन्त्रको शिकार भएको छ ।

क्याम्पस संचालक समितिमा बसेकाहरुले आफूलाई लागेको गर्न थालेपनि सामुदायिक क्याम्पसको चरित्र माथि नै संशय पैदा हुन थालेको छ ।


२०८१ साल बैशाख १६ गते परिक्षा संचालनको बेला भएको तोडफोडको क्याम्पसले क्षतीपूर्ती पाउने क्रममा मनपरितन्त्र हावी भएको हो ।

 

कक्षा १२ को परिक्षा संचालनको बेला परिक्षा दिन आएका नेशनल इन्फोटेक कलेजका बिद्यार्थीले तोडफोड गरेका थिए ।

 

त्यतीबेला १२ थान मोटरसाइकल ,बस , ल्याबका समान कक्षकोठाका झ्यालको सिसा तोडफोड भएको थियो ।


प्रारम्भमा तोडफोडका कारण ४३ लाख रुपैया बराबरको क्षती भएको क्याम्पसले मूल्याकंन गरेको थियो ।

 

पछि जिल्ला प्रशासन कार्यालयको रोहवरमा सम्बद्ध कार्यालयका प्रतिनिधिहरुको सहभागितामा भएको मूल्याकंनमा ३९ लाखको क्षती यकिन गरिएको थियो ।


जिल्ला प्रशासन कार्यालय पर्साको पहलकदमीमा भएको छलफलमा २९ लाख रुपैया क्षतीपूर्ती पाउने निष्कर्ष निकाले थियो । तर कलेज संचालक समतिका सल्लाहकार जयप्रकाश खेतानले १२ लाख रुपैया नगद बुझेर लगेका थिए ।


सल्लाहकार खेतानले क्षतीपूर्ती बापतको रकम बुझ्दा गरिएको सहमतीपत्रमा कलेजका तर्फबाट हस्ताक्षर गरेका छन ।

 

उनले आफूले क्याम्पस संचालक समितिको बैठकबाट गरिएको निर्णयका आधारमा सहमती पत्रमा हस्ताक्षर गरेको बताए । एउटा नजिर बस्ने भएकोले सहमती गरिएको उनले बताए ।

खेतानले कुने पनि कलेजलाई किन अप्ठयारोमा पार्ने हामी सबै एकै हौं भन्ने ठानेर १२ लाख क्षतीपूर्तीमा सहमती जनाएको बताए ।

यद्धपी यो बिषयमा क्याम्पस संचालक समितिको बैठक बसेर यस बिषयमा कुनै निर्णय नगरिएको स्रोतले दावी गरेको छ ।


क्याम्पस प्रमुख किशोरी राय यादवले क्याम्पसको खातामा १२ लाख रुपैया दाखिला गरिएको बताए । उनले क्षतीपूर्ती भनिए पनि जे नोक्सानी भएको हो १२ लाखले त्यसको पूर्ती नहुने बताए ।

 

उनले स्थानीय प्रशासनले २९ लाख रुपैया क्षतीपूर्ती पाउने गरि आश्वासन दिएको उनले बताए । उनले सम्बन्धीत निकायमा आफूले उजुरी दिएको बताए ।

 

क्याम्पस प्रमुखले उजुरी दिएपनि क्षतीपूर्तीको रकम उपलब्ध गराउने बेलामा सम्बन्धीत निकायले आफूलाई नसम्झेकोमा उनले गुनासो गरे ।

 

उनले १२ लाख रुपैयामा नगद प्राप्त भएकोले पछि क्याम्सका कर्मचारी मार्फत खातामा हाल्न लगाएको बताए ।

क्याम्पस प्रमुख यादवले प्राप्त रकमले तोडफोडबाट भएका सम्पूर्ण क्षतिका सामान जुटाउन नसकिने बताए ।

को आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गराउने नेशनल इन्फोटेक कलेज ९एनआई कलेज० ले क्याम्पसलाई १२ लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ ।

।ू

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.