logo

घुस रकम सहित जनकपुरका एक वडाध्यक्ष सचिव र पियन पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ भदौ २५ गते ०५: ५५ मा प्रकाशित     329   पटक पढिएको

जनकपुरधाम । जनकपुरधाम उपहानगरपालिका वडाध्क्ष उपेन्द्र सहनी घुस रकम सहित पक्राउ परेका छन ।

 

उनीसंगै वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी बिजय मण्डल पनि पक्राउ परेका छन । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

एक सेवाग्राहीसंग घरबाटो सिफारिसका चार लाख रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गएिको स्रोतले जनायो ।


स्रोतका अनुसार वडाध्यक्ष सहनी र वडासचिव साहले सहयोगीमार्फत् घुस लिएका थिए ।

घुस रकमसहित उनीहरुलाई टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एमालेबाट निर्वाचित छन् ।

अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले घुस रकमसहित वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

होटल तथा  पर्यटन ब्यबसायीलाई करको दायरामा आउन महानगर प्रमुखको अपिल

वीरगंज ।  वीरगंज महानगरका प्रमुखले महानगरमा संचालित सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायीहलाइ करको दायरामा आउन आग्रह गरेका छन ।

मानव बेचबिखन आरोपमा धादिङको गल्छीका भूजेल पक्राउ

वीरगंज ।    मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न रहेको आरोपमा पर्सा प्रहरीले २४ वर्षिय राजन भूजेललाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.