logo

१२ कक्षा पास हुने छात्रालाई जनकनन्दिनी गाउँपालिकाले २५ हजार दिने

 इसीमाना सम्वाददाता     २०८१ भदौ २५ गते ०५: ५० मा प्रकाशित     345   पटक पढिएको

जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले १२ कक्षा पास गर्ने किशोरीलाई २५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

 

पालिका अध्यक्ष दिपिनदेव यादवले १२ कक्षा पास गर्ने किशोरी युवतिलाई गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गर्ने कार्यपालिकाले निर्णय गरेको बताए ।

गाउँपालिकाभित्रबाट १२ कक्षा पास गरी २० बर्षसम्म अविवाहित रहने छात्रालाई यो रकम उपलब्ध गराउने गर निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए ।

यस्तो प्रावधान लागूपछि गाउँपालिकाभित्र छोरीचेलीको उच्च शिक्षाप्रति आकर्षण बढ्नो र बालविवाह न्यूनिकरण हुने बिश्वास लिएको बताए ।

 

वालविवाह रोक्नको लागि र छोरीको उच्च शिक्षाको लागि सरकारले अर्बौ खर्च गरिरहँदा लागू गर्न कठिनाई भएको अवस्थामा गाउँपालिकाले बालविवाह न्यूनिकरणको लागि यस्तो उपाय अपनाएको उनले बताए ।

 

१२ कक्षापछि उच्च शिक्षा हाँसिल गर्न समेत प्रोत्साहन हुने अध्यक्ष यादवको विश्वास छ ।

गाउँ कार्यपालिकाको सदस्यहरुले बालविवाह न्यूनिकरण र छोरीचेलीको प्रोत्साहनको लागि सो निर्णय गरेको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.