logo

तेरापंथ युवाको मानवीय काम, पन्ध्र सय युनिट रगत संकलनलागि संचालन गर्दै अभियान

 इसीमाना सम्वाददाता     २०८१ भदौ २२ गते ०४: १० मा प्रकाशित     478   पटक पढिएको

रक्तदान कार्यक्रम आयोजना गरिने स्थान

वीरगञ्ज । तेरापंथ युवक परिषद् बीरगन्ज नेपालले बृहत रक्तदान शिविरको आयोजना गर्ने भएको छ ।

 

बीरगन्जमा शनिवार एक पत्रकार सम्मेलन गरी परिषद्ले १ बृहत्त रक्तदान कार्यक्रम गर्ने जानकारी दिएको छ । रक्ताद कार्यक्रम ११ दिन सम्म संचालन हुनेछ ।

बारा र पर्सा जिल्लाको विभिन्न ठाउँमा २५ गतेदेखि असोज ४ गतेसम्म रक्तदान कार्यक्रम गर्ने कार्यतालिका पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।

 

तेरापंथ युवक परिषद् बीरगन्जका सचिव सुमित सेठियाले बृहत्त रक्तदानबाट १५ सय युनिट रगत संकलन गर्ने योजना रहेको बताए ।


उनका अनुसार यसका लागि जिल्लाको विभिन्न ठाउँमा रक्तादन कार्यक्रम आयोजना गरिनेछ । मानवीय सेवाका लागि बृहत्त रक्तादन कार्यक्रम आयोजना गर्न लागिएको तेरापंथ युवक परिषद् बीरगन्जका सचिव सेठियाको भनाइ छ ।

उनका अनुसार यसका लागि रेडक्रस पर्सासहितका संघसंस्थाहरुसंग छलफल तथा अन्य सहकार्यको पाटोमा विशेष छलफल पनि भइसकेको छ ।

 

नितान्त मानवीय सेवाको भावनाले बृहत्त रक्तदान कार्यक्रम गर्न लागिएकोले सबैलाई सहभागी हुन तेरापंथ परिषद् अपील गरेको छ ।

विभिन्न उद्योग तथा अस्पतालहरुमा बृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने कार्यतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.