logo

पैसा नदिदा दुर्ब्यवहार भयो, कारवाही नभए कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ भदौ २० गते ०८: ३३ मा प्रकाशित     390   पटक पढिएको

वीरगञ्ज । भूमिसुधार तथा मालपोत कार्यालय बीरगन्जले पत्रकार धुव्र साहसहितको व्यक्तिहरुमाथि कारबाहीको माग गरेको छ ।

मालपोत कार्यालयका ५८ जना कर्मचारीहरुले संयुक्तरुपमा हस्ताक्षर गर्दै पत्रकार साहको नेतृत्वमा मालपोत कार्यालयमा गएको टोलीलाई कारबाहीको माग गरि बिभिन्न निकायमा निवदेन समेत दिएको बुझिएको छ ।


मालपोतका कर्मचारीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै मालपोत कार्यालयले दुइ दिन अगाडि मात्रै कार्यालय प्रमुखमाथि भएको हातपातको घटना निन्दनीय रहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी कर्मचारीलाई पत्रकारले आफ्नो आचार संहिता बिपरित गएर भ्रष्टचारी भन्न मिल्दैन, गाली बेइज्जती गर्न पाइदैन् ।

 

अझ कार्यालय समयमा कार्यालय प्रमुखमाथि झन हातपात गर्न मिल्दैन, यो सरासर गलत हो । त्यसकारण दोषीमाथि कारबाही हुनुपर्‍यो ।’

मालपोत कार्यालयले आफ्नो विज्ञप्तिमा लेखेको छ–केही दिनदेखि केही व्यक्तिहरु पैसा माग्न आइरहेको थियो, तर उसलाई पैसा दिइएन ।

त्यसकारण नियतवश यस्तो काम गरेको हो । कर्मचारीले लगाएको यो आरोप पनि गम्भिर छ । पैसा माग्न जानेहरुको बिषयलाई पनि सार्वजनीक गरेर कारवाही प्रक्रियामा लान आवश्यक रहेको एक कर्मचारीले बताए ।

मालपोतका कर्मचारीले पत्रकार साह संगै सहरुम राउत गद्दी, राकेश यादव मितवा, लेखापढी ब्यवसायीसंघका निवर्तमान अध्यक्ष रामाधार साह, उपाध्यक्ष अलि हुसेन मिया, कोषाध्यक्ष संजित साह कानु, प्रेमचन्द्र साह कानु लगायतकाले दुरब्यवहार गरेको आफ्नो विज्ञप्तिमाउल्लेख गरेका छन ।

कार्यालयमा गएर अभद्र व्यवहार गर्नेहरुमाथि कारबाही नभए तथा काम गर्ने वातावरण नभए कामकाज ठप्प पार्ने मालपोत कार्यालयका कर्मचारीहरुले चेतावनी दिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.