logo

बीरगंजबाट प्रकाशीत मध्य नेपाल सन्देश सम्मानीत

 इसीमाना सम्वाददाता     २०८१ भदौ २० गते ०८: ११ मा प्रकाशित     342   पटक पढिएको

वीरगञ्ज ।वीरगञ्जबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई बिहिवार एक कार्यक्रमकावीच काठमाण्डौमा सम्मान गरिएको छ ।


मानव बेचविखन तथा ओसारपसार विरुद्धको अठारौं राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले वीरगञ्जबाट प्रकाशित हुने मध्य नेपाल सन्देश पत्रिकालाई आज सम्मान गरेको हो।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सूडीले पत्रिकाका सम्पादक कविता खड्कालाई दोसल्ला अ‍ेढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।


मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणको क्षेत्रमा लेख, रचना तथा अन्य समाचार सामाग्री प्रकाशन गरि महत्वपूर्ण योगदान पु¥याएको भन्दै मध्य नेपाल सन्देश पत्रिकालाई सम्मान पत्र प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

 

मध्य नेपाल पत्रिका मन्त्रालयबाट सम्मानित हुँदा सम्पादक कविता खड्काले खुसी व्यक्त गर्दै यसमा कर्मचारी समुहको ठुलो योगदान रहेको बताईन् ।

मध्य नेपाल टिमसँग आवद्ध रहेका ईमान्दार र पत्रकारितालाई बुझ्ने पत्रकारकै कारण पत्रिकाले सम्मान हासिल गर्न सफल भएको सम्पादक कविता खड्काले बताईन् ।

उनले पत्रिकासँग आवद्ध पत्रकार, कर्मचारी, विज्ञापनदाता, पाठकवर्ग, शुभचिन्तक तथा शुवेच्छुकहरुलाई धन्यावाद ज्ञापन गरिन् । मध्य नेपाल सन्देश साप्ताहिक पत्रकार महिलाको नेतृत्वमा प्रकाशन हुदै आएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.